728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, September 1, 2014

    सोनमले उत्तेजित तस्विर खिचाउन थालेपछि अनिल कपुर तनावमा(फोटो फिचर)

    बलिउड नायीका सोनम कपुरले उत्तेजित तस्विर खिचाउन थालेपछि उनका पिता तथा नायक अनिल कपुर तनाव आउन थालेको बताइएको छ।

     बलिउडमा संगै डेब्यु गरेकी दिपिका पादुकोनले बक्स अफिसमा शान्दर सफलता हासिल गरेपनि सोनम भने खासै सफल हुन सकेकी छैनन्। स्टार नायक अनिल कपुरको छोरी भएपनि पिता जस्तै सफलता हासिल नभएपछि सोनम इमेज परिवर्तन गर्न लागिपरेकी छीन्।


    सिधा साधा छविबाट बोल्ड तथा सेक्सी इमेज लागी सोनमले म्यागेजिनको लागी हट तस्विर खिचाउन थालेकी हुन । चलचित्र 'साबरिया'बाट रणविर कपुरसंगै बलिउड छिरेकी सोनमले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन् तर भनेजस्तो सफलता भने हात पारेकी छैनन्।

     तर उनका पछिल्ला चलचित्र राझणा र भाग मिल्खा भाग भने केही सफलता हासिल गरेका थिए। निर्माता र दर्शकको आँखामा पर्नकै लागी सोनमले बोल्ड तस्विर खिचाएकी छिन्। अगस्ट महिनाको जिक्यु म्यागेजिनमा सोनमले खिचाएका तस्विरले उनका फ्यान भने दंग परेका छन तर उनका घरमा यसले तरंग ल्याएको चर्चा छ। 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सोनमले उत्तेजित तस्विर खिचाउन थालेपछि अनिल कपुर तनावमा(फोटो फिचर) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top