728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, September 1, 2014

    कलेज हिँडेका विद्यार्थी बाटैबाट अपहरित प्रहरीद्वारा उद्धार (सबै पढ्न तलको लिंक मा जानु होला)

    काठमाडौ, भाद्र १६ - थानकोटबाट कलंकी स्थित  कलेज हिँडेका बिद्यार्थी बाटोबाटै अपहरणमा परेका छन् । 

    सोमबार बिहान कलंकीको काष्ठमण्डप कलेज पढ्ने वीरेन क्षेत्रीको अपहरणकारीले अपहरण गरेका हुन् ।

    उनलाई ५ जनाको समूहमा आएका अपहरणकारीको समूहले जबरजस्ती हायस माईक्रो बसमा हालेर लगेका थिए ।

    प्रहरीले अपहरणकारीको कब्जाबाट क्षेत्रीको उद्धार गरेको छ । अनि अपहरणमा संलग्न ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी यज्ञविनोद पोखरेलले बताए ।
    पक्राउ पर्नेमा सुशान्त पोखरेल, अन्वेष अधिकारी, अमित श्रेष्ठ र  छिरिङ शेर्पा छन् । अर्का एक भने फरार रहेको प्रहरीले जनाएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कलेज हिँडेका विद्यार्थी बाटैबाट अपहरित प्रहरीद्वारा उद्धार (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top