728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, September 6, 2014

    भुलेर पनि सुत्न नहुने ३ समय (सबै पढ्न तलको लिंक मा जानु होला)

    हुन त निद्रा आरामको लागि अपरिहार्य छ । तर यसको समय भने बढो ध्यान पुर्याउनु पर्छ । गलत समयमा सुत्दा स्वास्थ्यका लागि घातक समेत हुन सक्छ । त्यसैगरी धार्मिकरुपमा पनि गलत समयमा सुत्नु नराम्रो मानिन्छ । धर्म शास्त्रहरुमा तीन समयमा सुत्नै नहुने उल्लेख छ ।



    यसरी सुत्न नहुने समयमा
    - सूर्योदयको समय
    - मध्यान्नको समय
    - सूर्यास्तको समय
    यी समयमा सुत्दा के नोक्सान हुन्छ

    सूर्योदय पछिको सुताइ
    सूर्योदयपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी बेखुसी हुने शास्त्रमा उल्लेख छ । यस्ता ब्यक्तिहरुसँग जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । यस्ता ब्यक्तिलाई सँधैव मानसिक तनाव हुन्छ । र स्वास्थ्य पनि राम्रो हुँदैन ।
    सूर्योदयअघि उठ्नु स्वास्थ्यका लागि निक्कै राम्रो मानिन्छ । विहान सबेरैको समयलाई ब्रम्ह मुहुर्त भनिन्छ यसको विशेष महत्व रहेको धर्मशास्त्रमा उल्लेख छ । विहान उठेर ब्यायाम गर्ने र मर्निङ वाक जाने चलन पनि त्यसैले चलेको हो ।

    मध्यान्नको सुताइ
    शास्त्रका अनुसार मध्यान्नमा पनि सुत्नु हुदैन । यतिबेला सुत्नु पनि नराम्रो मानिन्छ । यसले स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्ने बताइन्छ । खासगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी लाग्ने समस्या देखिन्छ ।
    मध्यान्नको सुताइले पाचन प्रणालीमा पनि समस्या आउँछ । अपच र कब्जियत पनि हुने जानकारहरु बताउँछन् । अतः मध्यान्नको समयमा सुत्नु भन्दा काम गर्नु राम्रो मानिन्छ ।

    सूर्यास्त समयको सुताइ
    सूर्यास्त अर्थात सन्ध्याकालीन समयको सुताइ पनि खराब मानिन्छ । खासगरी सूर्यास्तको समयमा पुजा अर्चना गर्ने समय भएका कारण पनि यतिबेला सुत्नु हुँदैन भन्ने धार्मिक विश्वास छ । शास्त्रका अनुसार विनाकारण साँझको समयमा सुत्ने ब्यक्तिले सहजै सफलता पाउन सक्दैनन् ।
    धार्मिक मान्यता अनुसार सूर्यास्तको समयमा सबै देवी देवता पृथ्वीको भ्रमण गर्ने भएकाले पनि यस समयमा आलस्य देखाउनु हुँदैन । यद्यपी गर्भवती वा विरामीहरु भने सुतेपनि कुनै दोष लाग्दैन ।nepaliheadlines.com
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भुलेर पनि सुत्न नहुने ३ समय (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top