728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, September 7, 2014

    कुवेतमा घरेलुकामदार राधिका यसरी घाइते अबस्थामा भेटियो (भिडियो सहित)

    राज मल्ल ठकुरी कुवेत, बैदेशिक रोज़गारीको शिलशिलामा घरेलुकारदारको रुपमा करिब १ बर्ष अगाडी कुवेत आएकी नवलपरासी जील्ला मैनाघाट गा बी स , आरमखोला की राधिका नेपाली अहिले घाइते आवस्थामा कुवैत स्थीत फर्वानिया अस्पतालमा उपचार गरीरहेकी छिन।

     कुवैतमा घरेलु कामदार उपलब्ध गराउने म्यन पावर व्यवसाए सन्चालन गर्दै आएका नेपाली एजेन्ट चुडा राज भट्टराइ मार्फत आफु कुवैत आएको बताउने राधीका नेपालीका अनुसार सुरुमा आफु एक सुरी परीवारको घरमा काम गर्न गएको तर त्यहा आफुलाइ काम गर्न गाह्रो भएपछी फेरी एजेन्टले कुवैतीको घरमा पठाएको हो , उनी थप्छिन बिहान ६ बजे देखी अबेर राती १ बजे सम्म काम गर्नु पर्ने , कुटपिट सहनु पर्ने , घर भन्दा बाहीर निस्किन नपाइने , दैनिक जसो गाली गलोज सुन्नु पर्ने , फ़ोन प्रयोग गर्न नदीने जस्ता व्यवहार गरीन्थ्यो ,भने हाल सम्म ६ महीना को मात्र तलब बुजेकी , क़रीब ९ महीना सम्म कठोर यातना सहेर बसेकी राधिका क़रीब एक हप्ता पहिले यातना सहनै नसक्ने भएपछी घरको झ्यालबाट हाम फालेर भाग्न खोज्दा ससक्त घाइते भइ अहिले उपचारको क्रममा छिन | 

     घरमा एक छोरा एक छोरी र बाबु-आमा रहेको बताउने राधीका ले आफ्नो श्रीमान नरहेको र नेपालबाट आफुलाइ पठाउने एजेन्ट मिन बहादुर तामाङ रहेको बताउछीन । आखा , मुख र हातमा अत्याधीक चोट लागेर एक हप्ता देखी अस्पतालमा आफु उपचार गराइरहेको अबस्थामा पनी एजेन्ट र नेपाली दुतावासले भेट्न नआएकोमा दुख ब्यक्त गर्दै अब कुनैपनी हालतमा आफु कवैतमा नबस्ने र नेपाल जाने ब्यबस्था मिलाई दिन एजेन्ट र नेपाली दुतावास कुवैतलाइ आग्रह पनी गरेको कुरा नवप्रतीभा यूवा कल्व कुवैतले परदेशी खबरलाइ जानकारी गराएको छ ।

     स्मरण रहोस एजेन्ट चुडाराज भट्टराई द्रारा कुवैत मा घरेलु कामदार को रुपमा कुवैत ल्याइएकी अमृता ( नाम परीबर्तण ) चुडा कै घरमा चुडा कै आफन्ती द्वारा बलात्कृत भएको खबर मीडीया मा आएको छ भने घटना मा संलग्न चुडा का भीनाजु धुर्ब बस्नेत थुना मा रहेका छन र कुवैत प्रहरी ले थप अनुसन्धान गरीरहेको छ ।

     करीव पचास हज़ार भन्दा बढ़ी नेपाली घरेलु कामदार रहेको कुवैत मा महीला घरेलु कामदार को अबस्था नाज़ुक रहेको हुदा नया महीला घरेलु कामदार नपठाउने भनी सरकार ले नीर्णय गरेको छ जुन स्वागत योग्य छ । तर पहील्यै आएका घरेलु महीला कामदारहरुको अबस्था झन नाज़ुक रहेको ले घरेलु महीला कामदार को हक़ हीत र सुरक्षा को लागी सरकारी स्तर बाटै सबै कुरा समेट्ने गरी नया नीती ल्याउन पनी नीतान्त आवस्यक छ
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कुवेतमा घरेलुकामदार राधिका यसरी घाइते अबस्थामा भेटियो (भिडियो सहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top