728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, September 9, 2014

    प्रहरीचौकीमा कारबम बिस्फोट गराई चार सैनिकको हत्या

    यमन, भदौ २४ – यमनको दक्षिणपूर्वी प्रान्त हाद्रामोउटमा रहेको एक प्रहरीचौकीमा मङ्गलबार एक आत्मघाती कारबम विस्फोट गराई कम्तीमा पनि चार सैनिकको हत्या गरिएको समाचार छ ।

     उक्त जानकारी प्रान्तीय सुरक्षा अधिकारीले सिन्ह्वा समाचार समितिलाई दिएका छन् । हाद्रामोउटमा रहेको सैनिकको मुख्य कार्यालयमा स्थानीय समय अनुसार ९:३० बजे संदिग्ध अल कायदा आतङ्ककारीले गराएको आत्मघाती कारबम विस्फोटमा विशेषबलका चार सैनिकको मृत्यु भएको जनाइएको छ ।

     यस आक्रमणमा अन्य छ जना सैनिक घाइते भएका छन् । तीमध्ये पनि चार जनाको अवस्था चिन्ताजनक भएको सैनिकस्रोतले जनाएको छ ।

     यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा लिएको छैन । तर यस आक्रमणमा अल कायदा आतङ्ककारीको हात रहेको अनुमान सैनिक स्रंोतले गरेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रहरीचौकीमा कारबम बिस्फोट गराई चार सैनिकको हत्या Rating: 5 Reviewed By: Unknown
    Scroll to Top