728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, September 5, 2014

    कतारमा एक नेपालीको मृत्यु


    कतारको कर्वा कम्पनिका कार्यरत एक नेपालीको मृत्यु भएको छ । कम्पनीका सवारी चालक धादिङ निलकण्ठका दीलिप मगरको ज्यान गएको हो । आफ्नै कोठामा सुतिरहेका मगरलार्इ मृत अवस्थामा भेटिएको थियो । उनी बिगत ३ बर्षदेखि उक्त कम्पनिमा बसचालकको रुपमा काम गरिरहेका थिए ।

     बिहिबार साँझ भलिबल खेलेर केहि थकित अबस्थामा सुतेका उनलार्इ राति करिब २ बजेतिरसँगै रहेका अर्का नेपालीले मृत अबस्थमा भेटेका थिए । उनी स्वस्थ अवस्थामा सुतेको, कुनै रोगको संक्रमण नभए तर एक्कासी मृत अवस्थामा भेटिएको सँगै काम गर्ने हेटौडाका कुमार सिलबालले बताएका छन् ।

     दिनभरको गर्मी र थकाईपछि एयर कन्डिसनमाको चिसोमा सुतेका कारण उनको मृत्यु भएको अनुमान गरिएको छ । उनीसँगै काम गर्ने धादिङकै नारायण प्रसाद अवस्थीका अनुसार मृतकका ६ वर्षकी छोरी र ३ बर्षका छोरा र श्रीमति रहेका छन् ।

     शुक्रबार बिहान प्रहरीको अनुसन्धान टोलीले लासलाई पोस्टमर्टन र अनुसन्धानका लागि लगेको छ । साथमा अनुसन्धानका लागि सँगै कोठामा बसेका अरु ५ जनानेपालीलाई पनि प्रहरिलेसोधपुछका लागि लगेको छ । प्रहरीले उनको कोठामा रहेका सामान पनि संकलन गरेर जिम्मा लिएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कतारमा एक नेपालीको मृत्यु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top