728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 4, 2014

    किन खाने केरा ? थाहा पाउनुस् यसका फाइदै फाइदा

    केरामा लुकेको स्वास्थ्यवद्र्धक गुणको बारेमा थाहा पाएपछि तपाईं कहिले पनि यसलाई आफ्नो खानामा संलग्न गर्न हिच्किचाउनुहुन्न । केरा खानुको थुप्रै फाइदा छन् । यदि तपाईं केरा बाँदरहरुले मात्र खाने फल भनेर सोच्नुहुन्छ भने यी बुँदाहरु पढ्नुहोस् ।

    १. मधुमेहलाई सन्तुलनमा राख्छः व्यायाम गर्नुभन्दा अगाडि

    दुईवटा केरा खानाले तपाईंको शरिरमा शक्ति प्रदान हुने गर्दछ र तपाईंको रक्त संचारलाई पनि सहि स्तरमा राख्ने गर्दछ । केरामा उच्च मात्रामा पाइने भिटामिन बी–६ ले सुन्निएको र तौललाई कम गर्न मद्दत गर्दछ । यसले दोस्रो प्रकारको मधुमेहबाट लड्न मद्दत गर्दछ र सेतो रक्त कोसिकाहरुको उत्पादन गर्नमा मद्दत गर्दछ 
    २. हड्डीलाई बलियो बनाउँछः केराले शरिरमा क्याल्सियमको कमीलाई भगाउने गर्दछ तर हड्डीलाई बलियो बनाउन मद्दत गर्दछ ।

     ३. महिनावारीको बेलामा लाभकारीः केराको सेवनले महिनावारीको समस्यालाई हटाउन मद्दत गर्दछ । यसले तपाईंको रक्तसंचारको स्तरलाई नियन्त्रणमा राख्नुका साथै तपाईंलाई तनावमुक्त र खुसी राख्ने गर्दछ ।

     ४. रगतलाई बढाउँछः केरामा पाइने आइरनले शरिरको रगतलाई बढाउने गर्दछ र एमोनियालाई भगाउँछ ।

    ५. मुटुलाई स्वस्थ बनाउँछः पोटासियमले शरिरमा भएको अत्यधिक नुनलाई घटाउने गर्दछ । यसै प्रकारले केराले रक्तचापलाई घटाएर हृदरघातसँग लड्न मद्दत गर्दछ ।

     ६. पाचनक्रिया सशक्त बनाउँछः शरिरमा भएको हानीकारक पदार्थ र धातुहरुलाई केराले निकै सजिलै बाहिर निकाल्न मद्दत गर्दछ जसका कारण यसले पाचनक्रियामा मद्दत गर्ने गर्दछ ।

     ७. डण्डिफोरबाट बचाउँछ : डण्डिफोरबाट राहत पाउनका लागि आफ्नो अनुहारमा केराको बोक्रा लगाउनुहोस् ।
    ८. कब्जियत हटाउँछः केरामा पाइने फाइबरले कब्जियतलाई हटाउन मद्दत गर्दछ ।

     ९. धुम्रपानको अम्मली हुनबाट बचाउँछः केरामा उच्च मात्रामा पाइने भिटामिन–बी, पोटासियम र म्यागनेसियम धुम्रपान छोड्ने समय हुने नकारात्मक प्रभावसँग लड्न मद्दत गर्दछ ।

    १०. एसिडिटीबाच बचाउँछः केरा एक प्राकृतिक एन्टासिड हो जसले एसिडिटी र पेटको जलनबाट राहत प्रदान गर्दछ ।

     ११. पेटको अल्सरबाट बचाउँछः केरा एउटा यस्तो फल हो जसले पेटको कोरोसिव एसिडबाट बचाउनका लागि पेटको वरिपरि एउटा पातलो सतह बनाउने गर्दछ । जसका कारण यसको सेवनले तपाईंको पेटलाई अल्सर हुनबाट बचाउँछ ।

     १२. दिमागलाई बनाउँछ तेजः केरामा उच्च मात्रामा पाइने पोटासियमले तपाईंलाई सर्तक र तपाईंको दिमागलाई तेज बनाउने गर्दछ । त्यसकारण हरेक दिन एउटा केरा खानुहोस् ।

    १३. रोगबाट बचाउँछः केरामा पाइने एन्टिअक्सिडेन्ट तपाईंलाई बिरामी हुनबाट बचाउँछ ।

     १३. खानापछि खानुहोस् केराः खानापछि केरा खानाले तपाईंको रक्तसंचारलाई स्थिर बनाउन मद्दत गर्दछ र तपाईंलाई अल्छी हुनबाट बचाउँछ ।

    १४. छालाको लागि लाभदायीः केराको बोक्राले छाला मालिस गर्नाले जलन हुनबाट बचाउँछ ।

    १५. ज्वरो आउँदा केराः ज्वरो आउँदा केराको सेवन गर्नाले तपाईंको शरिरको तापक्रमलाई घटाउने गर्दछ र गर्मीमा तपाईंको शरिरलाई गर्मी महसुस हुनबाट बचाउँछ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: किन खाने केरा ? थाहा पाउनुस् यसका फाइदै फाइदा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top