728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 4, 2014

    हिन्दुबादी गीत गाउन मेरो धर्मले दिदैन I'm sorry भन्दै स्टुडियोबाट बाहिरिन अञ्जु पन्त

    काठमाडाैं, भदाै १९ । सारा संसारलाई जोड्ने एउटै माला हो संगीत । संगीतमा ‘नो पोलिटिक्स’, ‘नो रिलिजन’ भन्ने नारा नै हुन्छ ।

    तर, गायिका अञ्जु पन्तले भने संगीतको यो मान्यतालाई लतारेकी छिन् । गीतकार सहदेव कोइरालाको रचनामा रहेको गीत हिन्दुवादी भएको भन्दै उनले गाउनै मानिन् ।


    मालश्री रेकर्डिङ स्टुडियोमा गीत गाउन पुगिसकेकी उनी गीतको बोल सुनेपछि नगाउने भन्दै फर्किन् । अखिर किन गाइनन् त अञ्जु पन्तले उनको गीत । गीतकार कोइरालाका अनुसार अञ्जु क्रिश्चियन भएको हुनाले आफ्नो गीत अस्वीकार गरेकी हुन् ।

    कोइरालाको शब्द तथा संगीतमा समावेश ‘दुर्गा माताको आर्शिवादले’ बोलको गीतमा अञ्जुले आपत्ती जनाएकी हुन् । उनले आफू क्रिश्चियन भएको र यस्तो शब्द उच्चारण गर्न नसक्ने बताएकी थिइन् । गीतकार कोइरालाले भने-’मैले तपाई व्यवसायीक कलाकार हो ।
     धर्म मान्नुहोस् पो हामीले भन्न सक्दैनौ । तर गीत त एक कलाकारले गाउन के हुन्छ भने, तर उहाँले मान्नुभएन ।’
    अब यो गीत देवी घर्तीमगरको आवाजमा रेकडिङ हुँदैछ ।-
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: हिन्दुबादी गीत गाउन मेरो धर्मले दिदैन I'm sorry भन्दै स्टुडियोबाट बाहिरिन अञ्जु पन्त Rating: 5 Reviewed By: Unknown
    Scroll to Top