728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 4, 2014

    नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ

    काधनकुटा, भाद्र १९ । जिल्ला प्रहरी कार्यलय धनकुटाले नक्कली सुनको कारोबार गर्ने ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा विराटनगर ३ का सुनिल सोनी, मोरङ इन्द्रपुरका इन्दिरा राई, सुनसरी बक्लौरी ३ का युगेन बस्नेत र सोलु सल्लेरी घर भइ हाल इटहरी बस्ने नुरु तामाङ रहेका छन् ।

    उनीहरुलाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरिएको हो । उनीहरुले नक्कली सुनको गहना बनाइ पूर्वका जिल्लाहरुमा गएर बिक्री गर्दै आएका थिए ।

    सुनजस्तो देखिने लेपन लगाएको बाला देखाइ धनकुटासहित मोरङ, सुनसरी र तेह्रथुमका ३० स्थानका सुन पसलमा ठगी गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

    सो गिरोहको साथबाट प्रहरीले सातओटा नक्कली सुनको बाला,  ५४ हजार ६ सय नगद, चार थान मोबाइल र एक थान मोटरसाइकल समेत बरामत गरेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top