728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 3, 2014

    ५० हजार घुस लिँदालिँदै नापी सर्वेक्षक रंगेहात पक्राउ (भिडियोसहित)

    काठमाडौं, भाद्र १८ । काठमाडौ चाबहिल नापी कार्यालयका सर्वेक्षक शिवनारायण यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार घुस लिँदालिँदै नियन्त्रणमा लिएको छ । सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई अख्तियारको टोलीले चाबहिलबाटै रंगेहात पक्राउ गरेको हो ।

     यादवले काठमाडौंको कपन गाविस वडा नं. ९ को कित्ता नम्बबर १३३ र २७५ जग्गाको कित्ताकाट गरिदिनका लागि सेवाग्राहीबाट रकम लिएका थिए । कित्ताकाटका लागि १५ दिनदेखि झुलाउँदै आएका यादवले १ लाख रुपैयाँ मागेको र सेवाग्राहीले ५० हजार दिने सहमति गरी अख्तियारलाई खबर गरेको बुझिएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ५० हजार घुस लिँदालिँदै नापी सर्वेक्षक रंगेहात पक्राउ (भिडियोसहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top