728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, September 9, 2014

    दुम्सीको ज्यान लिन खोज्दा २ जनाको आफ्नै ज्यान गयो

    दुम्सी मार्न गएका सल्यान बामेका दुईजनाको ज्यान गएको छ । वामे गाविस वडा न ९ पाट्केका २२ वर्षिया भद्रबहादुर बुढा र ३८ वर्षिया सेतिराम बुढाको ज्यान गएको हो ।

    दुम्सी मार्नका लागि भनेर दुलोमा आगो लगाएर दुलो भित्र बसेका उनीहरुको दुलो भित्र नै ज्यान गएको हो । उनीहरुले उक्त ठाउँमा श्वासप्रश्वास लिन नसक्दा ज्यान गएको बताइएको छ ।

     हिजो बिहान दुलोमा आगो लगाएका उनीहरुले साँझतिर दुम्सी म¥यो होला भनी दुलो भित्र पसेका उनीहरु आगोको धुँवाले निसासिएर ज्यान गएको स्थानीय धनीराम चलाउनेले जानकारी दिए ।

    बिहानै कोठाबाट निस्किएका उनीहरु साँझसम्म पनि कोठामा नफर्किएपछि खोजी गर्दा बामे ३ खन्याचौर जंगलमा उनीले राखेको सामान दुलो बाहिर देखेपछि भित्र हेर्दा मृत्त भेटिएको उनले जानकारी दिए । दुम्सीको दुलो निकै भित्रसम्म भएकाले श्वास प्रश्वासका कारण ज्यान गएको बताइएको छ ।

    गणपति रोजिन एण्ड टरपाईन प्रालिमा कार्यरत मजदुर उनीहरु सल्लाको खोटो निकाल्न जंगल गएका थिए ।
    वामे ३ मा डेरा गरी बस्ने उनीहरु बिहान खोटो निकाल्न जंगल गएका थिए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: दुम्सीको ज्यान लिन खोज्दा २ जनाको आफ्नै ज्यान गयो Rating: 5 Reviewed By: Unknown
    Scroll to Top