728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 3, 2014

    पाकिस्तानमा सेनाको कारबाहीमा ९ सय १० तालिबान लडाकु मारिए

    काठमाडौं, भाद्र १८ । पाकिस्तानको उत्तरी बजिरिस्तान प्रान्तमा तालिबान लडाकुविरुद्ध सेनाले गरेको बृहत कारबाहीमा करिब एक हजार लडाकु मारिएका छन् । पाकिस्तानी सेनातर्फ ८० भन्दा बढी मारिएका छन् भने २ सय ६० जना घाइते भएका छन् ।

    सेनाले उत्तरी बजिरिस्तानका मुख्य सहरहरु नियन्त्रणमा लिएको समेत जनाएको छ । सरकार र  पाकिस्तानी तालिबानबीच शान्ति वार्ता भंग भएपछि गत जुनयता सेनाले लडाकुविरुद्ध सैन्य अपरेसन सुरु गरेको थियो ।

    यस अपरेसनका कारण करिब १ लाख मानिस विस्थापित भएका छन् । सैन्य अपरेसन चलिरहेको क्षेत्रमा स्वतन्त्र सञ्चारमाध्यमको प्रवेशमा रोक लगाइएकाले सेनाले पेश गरेको तथ्यांकको स्वतन्त्र पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पाकिस्तानमा सेनाको कारबाहीमा ९ सय १० तालिबान लडाकु मारिए Rating: 5 Reviewed By: Unknown
    Scroll to Top