728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, September 7, 2014

    रेजिना फेरि सक्रिय (सबै पढ्न तलको लिंक मा जानु होला)

    काठमाडौं । विवाहपछि सिनेमासँग सम्बन्धित कार्यक्रममा रेजिना उप्रेतिको उपस्थिती पातलो हुन थालेको थियो । केही महिना त उनलाई कुनै कार्यक्रममा देखिएको थिएन । उनको उपस्थिती नदेखिएपछि कतिपयले अनुमान पनि गरे अब रेजिना हराइन ।



    तर, रेजिनाले फिल्मी क्षेत्रमा फेरि सक्रिय हुने बताइन् । गोपीकृष्ण मुभीजले आयोजना गरेको एनएफडीसी अवार्डमा भेटिएकी रेजिना अब केही समय नेपालमै बस्ने योजनामा रहेको बताउछिन् । अघिल्लो दिन काठमाडौंमा भएको लोक दोहोरी महोत्सबमा पनि उनी सहभागी भएकी थिईन् ।

    नेपालमा जन्मेका तर, बेलायतमा बसोबास गर्दै आएका सुरज पोखरेलसँग बिबाह गरेकी रेजिना बिवाहपछि बेलायतमै बस्दै आएकी थिईन् । 

    बिबाहपछि पारिवारिक जिम्मेवारी बढेको र परिवारलाई पनि समय दिनपर्ने भएकाले केही समय फिल्मवाट टाढिएको भन्ने रेजिनाले आगामी दिनमा भने फिल्ममै सक्रिय हुने योजनामा छिन् । 

    उनले अनलाइनखबरसँग कुरा गर्दै भनिन् ‘अब म फेरि अभिनयमा सक्रिय हुन्छु, म नेपाली फिल्म छाडेर कहि पनि जान सक्दिन ।’
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: रेजिना फेरि सक्रिय (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top