728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, February 25, 2014

    रेखाले पालेका बच्चा फिर्ता माग्दै राउटे

    साढे २ महिना अघि एक पत्रकार सम्मेलनको आयोजना गर्दै नायिका रेखा थापाले राउटेका ४ जना बच्चाहरुलाई आफूले पाल्ने जिम्मा लिइन् । रेखाले यसो भनिरहदा सबैले उनको प्रयासको प्रशंसा पनि गरेका थिए । तर रेखा थापाले ल्याएका बच्चा भेट्न नदिएको भन्दै राउटेहरुले दुखेसो व्यक्त गरेका छन् । राउटेहरुलाई रेखाले आफ्नै बच्चा भेट्न नदिएपछि उनीहरु आक्रोशित बनेका हुन् । उनीहरुले रेखा थापासँग आफ्ना बच्चा फिर्ता माग्ने तयारी गरेको वुझिएको छ । रेखा थापा फाउन्डेशन मार्फत रेखाले बच्चाहरुलाई छोराछोरी जस्तै गरि पढाउने भन्दै काठमाण्डौ ल्याएकी थिइन् । उनले बुढानीलकण्ठमा पढाउँछु भनेर आनन्दकुटी विद्याश्रममा बालबालिकालाई पढाएको आरोप राउटेहरुको छ । रेखा थापाले भनेपछि मात्र भेट्न दिने भन्दै अभिभावक दानसिंहले छोराछोरी भेट्न नपाएको गुनासो गरे । रेखा थापा र उनको संस्थाका कोही पनि मानिस बालबालिका रेखदेखमा नगएको दानसिंहले बताएका छन् । डडेलधुरा जोगबुढाका दानसिंहका छोरा लक्ष्मण, उनका भाइकी छोरी यशोदा र रुपकुमारीको साथमा मञ्जु राउटेलाई रेखाले काठमाण्डौ ल्याएकी थिइन् । बालबालिका ल्याउँदा कुनै सम्झौता नभएकाले पनि आफूहरुले गल्ती गरेको दानसिंहको भनाई छ । रेखाले काठमाण्डौ ल्याएका राउटेका बालबालिका जंगलमा बस्ने नभई ३ दशक अघिदेखि घरबार गरी बस्दै आएका राउेटका छोराछोरी हुन् । यसबारेमा नायिका रेखा थापाको प्रतिक्रिया वुझ्न खोज्दा उनको फोन उठेन । स्रोत : अनलाइन खबर
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: रेखाले पालेका बच्चा फिर्ता माग्दै राउटे Rating: 5 Reviewed By: Unknown
    Scroll to Top