728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, February 26, 2014

    एउटा महान् मुसाको कथा, जसलाई देखेर रून्छ तपाइको मन(फोटोसहित)

    साथीत्वको भावना मानिसमा मात्र होइन अन्य प्राणीमा पनि साथीत्वको भावना हुन्छ भन्ने एक मुसाले पुष्टी गरेको छ । मानव जातीमा सामाजिक भावनाको कमी हुँदै गएका बेला एक मुसाले आफ्नो साथीको लागी जे गर्यो त्यो प्रशंसायोग्य छ । मुसाले सर्पको चंगुलबाट आफ्नो साथीलाई जोगाउन गरेको प्रयत्नले धेरैलाई चकित बनाउँछ । सर्पको मुखमा पुगेको साथीलाई बचाउन मुसाले गरेको प्रयत्न निकै दर्दनाक र प्रशंसायोग्य रहेको छ । एक हरियो सर्पले एउटा मुसालाई शिकार बनायो तर, शिकार बनाएको पहिलो अवस्थामा नै अर्को मुसाले देखेपछी उक्त मुसालाइ जोगाउन मुसाले सर्पको टाउकोमा टेकेर सकेसम्म मुखमा पुगेको मुसालाई बचाउने प्रयास गर्यो । पटक-पटक मुसालाई जोगाउनका लागि सर्पको टाउकोमा उफ्रने र टोक्ने गर्दा समेत सर्पले मुसालाई आफ्नो शिकार बनाइ छाड्यो । साथीलाई बचाउन नसकेपछी आफ्नो ज्यान जोगाउन उक्त मुसा एउटा अर्को कुनामा लुक्न पुग्यो तर बिडम्बना उक्त कुनामा अर्को भोकाएको सर्पले उसलाई कुरिरहेको रहेछ । भोको पेटमा सर्पको मुखमा आफै खाना आइपुगेपछी उसले किन छोड्थ्यो । क्वाप्प मुखमा हाल्यो । यो घटनालाई तस्विरमा उतारिएको छ । निकै दर्दनाक घटनालाई हेरौ तस्विरमा…
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: एउटा महान् मुसाको कथा, जसलाई देखेर रून्छ तपाइको मन(फोटोसहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top