728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, February 25, 2014

    फुटपाथका पसल हटाउन गृहमन्त्रीको आदेश: गौतमको पाँचबुँदे निर्देशन यस्तो छ

    १३ फागुन, काठमाडौं । नवनियुक्त गृहमन्त्री वामदेव गौतमले राजधानीभित्रका फूटपाथ कब्जा गरी व्यापार व्यवसाय गरिरहेका व्यापारीहरुलाई हटाई सडक यातायातलाई व्यवस्थित गर्न निर्देशन दिएका छन् । मंगलबार उपप्रधान तथा गृहमन्त्रीको सपथ ग्रहण गरेपछि सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहण गर्दै गृहमन्त्री गौतमले यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री गौतमले उपत्यकालगायत देशैभरि गुण्डागर्दी र दादागिरीलाई तह लगाइने बताएका छन् । गौतमले शान्ति सुरक्षा सदृढ गर्न पहिलो प्राथमिकता दिने बताएका छन् । गृहमन्त्री गौतमको पाँचबुँदे निर्देशन यस्तो छ- १. राजधानीका विभिन्न सार्वजनिक स्थानमा अवैधानिक ढंगले बसोबास गरिरहेका व्यक्ति तथा परिवारको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाई त्यस्ता स्थान सार्वजनिक हितमा उपयोग गर्ने । २. उपत्यकालगायत मुलुकभित्र विद्यमान गुण्डागर्दी र दादागिरीलाई कानुन बमोजिम नियन्त्रण गर्नको लागि विशेष अभियान सञ्चालन गरी सर्वसाधारणलाई शान्ति, सुरक्षा र अमनचयनको पूर्ण प्रत्याभूति प्रदान गर्ने । ३. राजधानीभित्रका फूटपाथ कब्जा गरी व्यापार व्यावसाय गरिरहेका व्यापारीहरुलाई वैकल्पिक व्यवस्था गर्दै सडक यातायातलाई व्यवस्थित गर्ने । ४. भ्रष्टाचारजन्य कार्यमा शून्य सहनशिलता अपनाई जनतामा प्रवाह गरिने सेवालाई भरपर्दो, गुणस्तरीय र प्रभावकारी बनाउन गृह मन्त्रालयले आफ्ना मातहतका सबै निकायहरुमार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्ने । ५. उपरोक्त कार्यमार्फत सुशासन कायम गर्दै एक वर्षभित्र जनअपेक्षा मुताविकको संविधान जारी गर्ने वातावरण निर्माण गर्ने ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फुटपाथका पसल हटाउन गृहमन्त्रीको आदेश: गौतमको पाँचबुँदे निर्देशन यस्तो छ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top