728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, February 25, 2014

    निदाएको बेला किन वीर्य स्खलन हुन्छ ? जानी राखौ।

    यौनसम्बन्धी कुरा हामी निदाएका बेला पनि निरन्तर चलिरहन्छ। निदाएको बेला लिङ्ग उत्तेजित हुनु वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिनु सामान्य हो। प्रायःजसो पहिलो पटक यो किशोरावस्थामा हुन्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ। यहि क्रममा कतिपयले यौन चरमसुख पनि पाउँछन्। यसरी निदाएको बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै बोलिचालीको भाषामा स्वप्नदोष भनिन्छ। दोषको अर्थ केही खराबी भन्ने बुझिन्छ, तर यसलाई स्वप्नदोष भनिए पनि यौनसपना देख्नु र यसरी निदाएको बेला वीर्य स्खलन हुनु समस्या वा खराबी होइन। वीर्यमै शुक्रकीट हुन्छन् भन्ने कुरा त तपाईंलाई थाहै होला। यसरी निदाएको बेला वीर्य स्खलन हुनु स्वाभाविक रूपमै हुने कुरा हो। यौन सपनाले शरीरमा भएको यौन तनावलाई कम गर्न सहयोग गर्छ। किशोरावस्थामा यौन विकासका क्रममा धेरैले यसको पहिलो अनुभव गरेका हुन्छ। हस्तमैथुन वा यौन सम्पर्कको माध्यमवाट यौन तनाव शान्त नपारिएको स्थितिमा केही बढी देखिन्छ। अविवाहित वा यखौन साथीसँग छुट्टएिर बसेको व्यक्तिले यस्तो यौनसपना देख्नु सामान्य कुरा हो। कतिपय यस्ता यौन उत्तेजक सपना देखिसकेर वीर्य स्खलन हुनासाथ ब्यूँझिन्छन् भने अर्का थरी वीर्य स्खलन हुनै लागेको बेलामा ब्यूँझिन्छन्। केहीको त निद्रै खुल्दैन र बिहान ब्यूँझिसकेपछि मात्र थाहा पाउँछन्। जे होस्, निद्रामा वीर्य स्खलन भएपछि बिहान उठेर सरसफाइमा विशेष ध्यान दिनुपर्छ। वीर्य यौनाङ्ग क्षेत्रमा रहिरहेमा संक्रमण हुने जोखिम बढी हुन्छ। त्यसैले ब्यूउँझिएपछि लिङ्ग र अण्डकोष र वरिपरिका क्षेत्र साबुन पानीले धुनुपर्छ। तन्ना वा लगाएको लुगामा वीर्यको दाग लाग्ने अनि कसैले थाहा पाउला भन्ने कुरामा पनि निकै चिन्ता हुन्छ। अन्डरवेयर वा कट्टु लगाएर सुते त्यसलाई मात्र धुन तुलनात्मक रूपमा सजिलो हुन्छ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: निदाएको बेला किन वीर्य स्खलन हुन्छ ? जानी राखौ। Rating: 5 Reviewed By: Unknown
    Scroll to Top