728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, February 26, 2014

    सूर्यको सतहमा परिर्वतन हुँदै, भयंकर बिनासको खतरा !!!

    वासिङटन, श्रावण २४, वैज्ञानिकहरूले मानिसहरूलाइ सूर्यको म्याग्नेटिक फील्डमा आगामी तीन देखि चार महीना भित्रमा १८० डिग्रि सम्मको परिवर्तन हुने कुराको चेतावनी दिएका छन । यसले मौसममा निकै परिवर्तन हुने तथा आँधी समेत आउन सक्ने उनीहरूले बताएका छन । यस बाहेक यसले स्याटेलाइटलाइ पनि असर पार्न सक्ने बताइएको छ । स्मरणीय छ, सूर्यको म्याग्नेटिक फील्डले हरेक ११ बर्षमा आफ्नो ध्रुव परिवर्तन गर्दछ । हरेक सोलर साइकलको अन्तमा यस्तो हुने गर्दछ किनभने सूर्यको भित्र म्याग्नेटिक परिवर्तन हुने गर्दछ । स्ट्यानफोर्ड यूनिभर्सिटीको सोलर फिजिसिस्ट टड हकसेमा का अनुसार, यो परिवर्तनले पुरै सोलर सिस्टममाथि असर पार्नेछ । सन १९७६ देखि सूर्यमा भएको पोलर म्याग्नेटिजम नामको परिवर्तनमाथि नजर राख्ने बैज्ञानिकहरूले यस्ता तीन वटा घटनाहरू देखिसकेका छन । चौथो भने केही महिना भित्रमानै हुन गैरहेको छ । सूर्यको म्याग्नेटिक फील्डको परिवर्तन एक ठुलो परिवर्तन हुनेछ, किनभने सूर्यको म्याग्नेटिक प्रभावले प्लूटो भन्दा पनि अरबौं किलोमिटर सम्म असर पार्दछ । सूर्यको चक्कर लगाउँदै पृथ्वी कहिले सूर्यको सतहको नजिक त कहिले टाढा हुने गर्दछ । जव सूर्यमा परिवर्तन हुन्छ, पृथ्विको मौसममा पनि परिवर्तन आउनेछ । कस्मिक रेजमा पनि यसले असर गर्नेछ । यो एस्ट्रोनोट्स र स्पेस मिशनहरूका लागी निकै खतराको कुरा हुनेछ । पृथ्वीको मौसम र बादलहरूको सिस्टममा पनि यसले निकै ठुलो असर पार्नेछ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सूर्यको सतहमा परिर्वतन हुँदै, भयंकर बिनासको खतरा !!! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top