728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, February 26, 2014

    घाँस काट्न गएकी युवतीमाथि सामूहिक बलात्कार

    १४ फागुन, महोत्तरी । महोत्तरीको अनकार गाविसको बेला गाउँमा एक २० वर्षकी युवती सामूहिक बलात्कारको सिकार भएकी छन् । मंगलबार साँझ खेतबाट घाँस बोकेर घर फर्केकी उनी सामूहिक बलात्कारको सिकार भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेतबाट घाँस काटेर घर फर्कंदै गरेकी उनलाई साँझपखको अँध्यारोको मौका छोपी सोही बस्तीका ललन महतोसहितका चारजनाले नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको पीडित युवतीका परिवारजनले बताएका छन् । बलात्कार गरेर उनीहरु भागेपछि युवतीको चित्कार सुनेर गाउँले घटनास्थल पुगेर प्रहरीलाई खबर गरेका थिए । गएराति नै घटनास्थल पुगेको जिप्रका महोत्तरीको टोलीले पीडित युवतीलाई उद्धार गरी उपचारका लागि जलेश्वर अस्पताल पुर्‍याएको प्रहरी निरीक्षक शम्भु बरालले जानकारी दिए । युवतीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । बलात्कारीहरुको खोजीमा प्रहरी टोली परिचालित गरिएको जिप्रका महोत्तरीले जनाएको छ । रासस
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: घाँस काट्न गएकी युवतीमाथि सामूहिक बलात्कार Rating: 5 Reviewed By: Unknown
    Scroll to Top