728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 3, 2014

    सुष्मा कार्कीले भनिन्-अव लभ गर्दिन

    अभिनेत्री सुष्मा कार्कीले आइन्दा प्रेम नगर्ने घोषणा गरेकी छिन् । मंगलबार एनएफडिसी राष्ट्रिय अवार्डमा नृत्यको रिहर्सलका लागि आएकी सुष्माले यस्तो घोषणा गरेकी हुन् । उनी रिहर्सलका लागि एक्लै आएकी थिइन् ।
    सुष्माले केही दिन अघि मात्र अनुप्रस्थ व्याण्डका भोकलिस्ट नरेन शाहीसँगको दुई वर्ष भन्दा लामो प्रेम सम्बन्ध अन्त्य गरेकी थिइन् । सुष्मा र नरेन लिभिङ टुगेदरको रुपमा एक वर्ष बसेका थिए । तर पछिल्लो समयमा भने सुष्मा र नरेनको सम्बन्ध सुमधुर हुन सकेको थिएन । नरेनले सुष्मालाई बारम्बार कुट्ने गरेको खबरहरु बाहिरिएका थिए । ब्रेक अप पछि सुष्मा स्वयंले पनि नरेनले आफूलाई बारम्बार कुट्ने गरेको खुलासा गरेकी थिइन् ।

    नरेनसँग अफेयरमा पर्नुअघि सुष्मा निर्देशक सुदर्शन थापासँग अफेयरमा थिइन जुन तीन वर्ष भन्दा ज्यादा समय चलेको थियो । उनीहरुको ब्रेकअपको कारण थाहा नभएपनि त्यसयता सुदर्शन र सुष्माका बीचमा बोलचाल समेत छैन । कार्यक्रममा भेट हुँदा दुवैले एक अर्कालाई नचिनेको झैं गर्ने गरेका छन् ।

    उनले आफूले प्रेम गरेका मान्छेले आफूलाई प्रयोग मात्र गर्ने गरेको कारण फेरि प्रेममा नपर्ने बताएकी हुन् ।
    ‘मैंले ज जसलाई प्रेम गरें निस्वार्थ गरें तर उनीहरुले मलाई स्वार्थी माया गरे । मेरो भाग्यमा निस्वार्थ प्रेम लेखेको रहेनछ । प्रेमसँग अघाएँ,’ सुष्माले भनिन् ।
    उनले पछिल्लो समयमा आफ्नो लुगालाई लिएर भईरहेको चर्चालाई पनि अनावश्यक बताइन् ।

    ‘ साधारण लुगा लगायो भने तपाईंहरु नै हिरोइन भएर साधारण लुगा लगाएको भनेर आलोचना गर्नुहुन्छ ।
    स्टाइलिस लुगा लगायो भने बढी भयो भन्नु हुन्छ । त्यही भएर म यस्ता कुरामा ध्यान दिन्न,’सुष्माले भनिन् । सुष्मा केही दिन अघि ब्रा नलगाई कालो गाउनमा एउटा कार्यक्रममा देखिएकी थिइन् भने नेफ्टाले एभरेष्ट होटलमा आयोजना गरेको कार्यक्रममा पनि ब्याकलेस रातो गाउन लगाएर आएकी थिइन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सुष्मा कार्कीले भनिन्-अव लभ गर्दिन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top