728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 4, 2014

    थुक चाट्न नमानेपछि अर्को दिन भेटियो किशोरीको नाङ्गो लास

    नयाँ दिल्ली–बाँच्नु मात्र पर्छ के–के सुन्न र देख्न पाइन्छ भनेको साँचो हो । भारतमा एउटा यस्तो घटना सार्वजनिक भएको छ जसले सबै मानिसहरुको रौँ ठाडो पारिदिन्छ । भारतको पश्चिम बंगालको एक गाउँमा तथाकथित पञ्चायतको थुक चाट्ने आदेश पालना नगरेका कारण अर्को दिन एक १५ वर्षीया किशोरीको नाङ्गो लास रेलको ट्र्याकमा भेटिएको बताइएको छ ।

    घटना वास्तवमा यस्तो छ । आफ्नो बुवालाई गाउँको पञ्चायतले पिट्ने कुरा थाहा पाएर बिरोध जनाएका कारण उक्त किशोरीले आफ्नो ज्यान गुमाउनु परेको हो । खेती गर्नका लागि भाडामा लिएको पावर ट्रेलरको पैसा भुक्तान गर्न नसकेका कारण किशोरीको बुवालाई पञ्चायतले दण्डित गर्ने फैसला सुनाएको थियो । जब किशोरीले गाउँलेलाई आफ्नो बुवालाई पिट्नबाट रोकिन् तब उनीहरुको रिस ती बालिकामाथि खनियो ।

    उनलाई गाउँलेहरुले यसो गरेकोमा गल्ती गरेको छ गल्ती सच्याउनका लागि थुक चाट्न आदेश दिए, त्यो आदेशपनि नमानेपछि उनीहरु रिसले आगो भएको बताइएको छ । यो घटना भएको केहि बेरपछि नै हराएकी बालिकाको लास भोलीपल्ट बिहान रेलको ट्र्याकमा भेटियो ।

     किशोरीको परिवारले बलातकार र हत्याको आरोप १३ जना माथि लगाएका छन् । अहिलेसम्म पुलिसले एकजना आरोपीलाई मात्र पक्राउ गर्न सफल भएको छ ।- See more at: 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: थुक चाट्न नमानेपछि अर्को दिन भेटियो किशोरीको नाङ्गो लास Rating: 5 Reviewed By: Unknown
    Scroll to Top