728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 4, 2014

    गाडी राम्रा कि मान्छे ? (फोटो फिचर)

    काठमाडौं, भदौ १९–हरेक वर्ष जस्तै यसपाली पनि दशैं आउने बेला पारेर गाडी आयातकर्ता तथा विक्रेताहरुले भृकुटीमण्डपमा सवारी साधनको मेला आयोजना गरेका छन् ।
    मेलामा नयाँ र नौला मोडेलका कार, जीप, मोटरसाइकल लगायतका गाडी राखिएका छन् । बिभिन्न कम्पनीका नयाँ गाडीहरु एकै ठाउँमा हेर्न पाइने भएकाले भृकुटीमण्डपको गाडी मेलामा दिनहुँ घुईंचो लाग्छ ।
    मेलामा पुग्ने सबैले गाडी किन्दैनन् । कोही भाउ सोध्छन्, मोलतोल गर्छन् । गाडी छामछुम गर्छन् । कोही चाहिँ धित मर्ने गरी हेरेर मात्र फर्कन्छन् ।


    चिल्ला र टलक्क टल्कने कार, जीप र मोटरसाइकल जति हेरे पनि हेरिरहुँ जस्तो लाग्छ । त्यसो त नयाँ र चिल्ला गाडी वरपर उस्तै राम्रा मान्छे पनि हुन्छन् । ग्राहकलाई अझै आकर्षित गर्ने उदेश्यले विक्रेताहरुले आकर्षक मोडेलहरुलाई गाडी र  मोटरसाइकल सँगै राखेका छन् ।

     चिल्ला गाडी वरपर राम्रा मान्छे देखेपछि ग्राहक पनि त्यसै मख्ख पर्छन् । त्यसमाथि तिनै मोडेलहरुले गाडी र मोटरसाइकलको बारेमा बेलिविस्तार लगाउँछन् । ‘आहा गाडी पनि राम्रा, मान्छे झन् राम्रा’ मेला हेरेर फर्किनेहरुले यसैगरी कुरा गरेको सुन्न पाइन्छ
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गाडी राम्रा कि मान्छे ? (फोटो फिचर) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top