728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 4, 2014

    सन्नी लियोन किन पोर्नस्टार बनिन् ? (सबै पढ्न तलको लिंक मा जानु होला)

    सन्नी लियोन बलीउडमा प्रवेश गरेरमात्रै भारतसँग जोडिएकी होइनन्, उनको भारतसँग त्यस अघि देखि नै गहिरो नाता थियो । सन्नीका बुबा डाक्टर हुन्, जो केही समयअघि मात्रै अफगानिस्तानबाट सेवा निवृत्त भएका छन् । सन्नीकी आमा भारतीय हुन्, त्यसैले पनि भारत उनको मावली देश हो । 

    पछिल्लो समय अफगानिस्तानबाट फर्किएपछि सन्नीका बुबा र उनको बारेमा मिडियामा खुबै चर्चा भएको थियो । मेल अनलाइनका अनुसार सन्नीका एक नातेदारले भनेका छन्, ‘परिवारका लागि यस्तो हुनु निकै दुःखद् कुरा हो । उनका बुबा विश्वकै असल मानिसमध्ये एक हुनुहुन्छ र उहाँलाई आफ्नो छोरीप्रति अझै गर्व छ ।’ 

    सन्नीकी भाञ्जी बहिनीले भनेकी छिन्, ‘मलाई विश्वास छ कि परिवारले सन्नीलाई अझै माया गर्छ । उनले गल्ती गरेकी हुन्, यसका बाबजुत पनि उनलाई गर्ने प्यारमा कुनै कमी आउने छैन ।’ सन्नी अमेरिकामा आफ्नो कलेज फि तिर्न नसकेर पोर्न फिल्म इन्डस्ट्रीमा प्रवेशको कुरा सार्वजनिक भएको छ । 

    सन्नीले आफ्नो कलेजको पढाईका कारण पोर्न इन्डस्ट्रीमा आउनु परेको तथ्य सार्वजनिक भएसँगै यसको खुबै चर्चा भइरहेको छ । उनलाई अहिले धेरैले सोध्ने गरेका छन्, ‘अन्य विद्यार्थीहरुले जस्तै अरु नै काममा पनि गर्न सकिन्थ्यो, किन पोर्न फिल्ममै लाग्नु प¥यो ?’ यद्यपी सन्नीले यस विषयमा केही बताएकी छैनन् । 

    हाल बलीउडमा आफ्नो भविश्य खोज्दै गरेकी सन्नी बलिउडमा अहिले केहि चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सन्नी लियोन किन पोर्नस्टार बनिन् ? (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top