728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 4, 2014

    हाई प्रोफाइल सेक्स र्याकेट, अभिनेत्री पक्राउ

    मुम्बई, फिल्म अभिनेत्री श्वेता बसु प्रसादलाइ भारतको हैदराबाद पुलिसले एक सेक्स र्याकेटमा पक्राउ गरेको छ । सन २००२ मा आएको शबाना आजमीको फिल्म ‘मकड़ी’ मा एक बच्चीको भूमिका निभाएर श्वेता बसु प्रसादले निकै लोकप्रियता हासिल गरेकी थिइन ।

     श्वेताले यस फिल्ममा आफ्नो अभिनयका लागी बेस्ट चाइल्ड आर्टिस्टको नेशनल फिल्म अवार्ड जितेकी थिइन । उक्त फिल्मपछि उनी टिभि सीरियल ‘कहानी घर घर की’ र ‘करिश्मा का करिश्मा’ मा पनि देखिएकी थिइन ।

     २३ वर्षीय श्वेता अहिले तेलगु सिनेमामा सक्रिय रहेकी छन । सूत्रहरूका अनुसार गत आइतबार हैदराबाद पुलिसले बन्जारा हिल्स क्षेत्रको एक प्रसिद्ध होटलमा रेड मारेको थियो । त्यहाँ यी अभिनेत्री पक्राउ परेकी हुन । सूत्रका अनुसार पुलिसका सुराकीहरूले उक्त होटलमा सेक्स र्याकेट सञ्चालित हुने गरेको बताएका थिए ।

     यस अघि श्वेतालाइ एक तेलगु च्यानलको स्टिङ अपरेशनमा पक्राउ गरिएको थियो । जसलाइ लिएर निकै बबाल भएको थियो । त्यसपछि पुलिस यस सेक्स र्याकेटको जांचमा जुटेको थियो । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: हाई प्रोफाइल सेक्स र्याकेट, अभिनेत्री पक्राउ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top