728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, September 2, 2014

    झुटो बोलेको पत्ता लगाउने मेसिनले धमाधम समाउँदै छ अपराधी


    निर्दोष १ सय २७ छुटे

     काठमाडौं,भदौ १७–झुटो बोलेको पत्ता लाग्ने पोलिग्राफ टेष्ट प्रविधि प्रयोगपछि नेपाल प्रहरीले धमाधम अपराधी पक्राउ गर्न थालेको छ । अधिकांश पोलिग्राफ टेस्टले अनुसन्धानमा महत्वपूर्ण सहयोग पुगेको अपराध अनुसन्धान विभागका प्रमुख एआइजी सुरेन्द्रबहादुर शाहले बताए । ‘पोलिग्राफ टेस्ट अनुसन्धानमा निकै प्रभाबकारी देखिएको छ’ एआइजी शाहलेभने अपराध अनुसन्धान प्रक्रियामा यसले ठूलो परिवर्तन ल्याइदिएको छ ।’
     गत वर्ष सिरहामा एक व्यक्तिको हत्या भयो । धारिलो हतियार प्रयोग गरी हत्या गरेर मकैवारीमा शव फालिएको थियो । तर घटनामा दोषी पत्ता लगाउन नसकेपछि प्रहरीले चार महिनाअघि शंकास्पद दुईजना व्यक्तिमाथि पोलिग्राफ टेस्ट गरेको थियो । ती शंकास्पद व्यक्तिले नै हत्या गरेको खुल्यो र प्रमाण समेत भेटिए ।एक वर्षअघिको रहस्य पोलिग्राफ टेस्टले सजिलै खुलाइदिएको प्रहरीले जनाएको छ ।

     झुटो बोलदा हुने शारीरिक परिवर्तका आधारमा पोलिग्राm टेस्ट हुने गर्छ । धेरै देशमा अनुसन्धानमा प्रयोग हुने गरेको पोलिग्राफ टेस्ट नेपाल प्रहरीले गत २३ माघबाट सुरु गरेको हो । त्यसयताको सात महिनामा प्रहरीले दुई सय ६७ जनामाथि पोलिग्राफ टेस्ट गराएको छ । यसैबीच,पोलिग्राफ टेस्टले अपराधी पक्राउ गर्न मात्र होइन निर्दोष छुटाउन पनि सहयोग गरेको छ ।

     पक्राउ गरेर हिरासतमा राखी पोलिग्राफ टेस्ट गरेकामध्ये १ सय २७ जना निर्दोष छुटेका छन् । अपराध अनुसन्धान विभागका प्रमुख एआइजी सुरेन्द्रबहादुर शाहका अनुसार पोलिग्राफले ११ वटा घटनाको सत्यतथ्य खुलेको छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: झुटो बोलेको पत्ता लगाउने मेसिनले धमाधम समाउँदै छ अपराधी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top