728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, April 17, 2014

    आफूलाई प्रहरी भन्दै सुन र नगद चोरी

    खोटाङ, वैशाख ४ – खोटाङमा आफूलाई प्रहरी बताउने एक समूहले
    घरमा चोरी गरेको छ ।
    आफूहरुलाई गस्तीमा आएको प्रहरी बताउने समूहले
    दोर्पाचिउरीडाँडा ९ का सुन्दर थापाको घरमा सुन र नगद
    चोरी गरेको हो ।
    ‘हामी गस्तीमा आएका प्रहरी हौं,
    घरमा खानतलासी गर्नुछ,’ भन्दै थापाको परिवारलाई नियन्त्रणमा लिएर
    चोरी गरेको स्थानीय बासिनदाले बताएका छन् । थापाका अनुसार
    पाँच जनाको समूहले घरबाट साँढे ४ तोला सुन र नगद २ लाख ३० हजार रकम
    चोरी गरेको छ ।
    घटनाका बिषयमा ढिलो जानकारी आएको खोटाङका डिएसपी गोबिन्द
    शाहले बताउनुभयो । चोरीमा संलग्न
    समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
    केही डाँका घर वरपर ड्यूटी बसेर, कोहीले
    थापाका ४ जना सदस्यलाई नियन्त्रणमा लिएर र
    चोरी गरेको छिमेकीको भनाइ छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: आफूलाई प्रहरी भन्दै सुन र नगद चोरी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top