728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, August 13, 2014

    लोग्ने–स्वास्नी साटासाट गरेर मज्जा लिन चाहने जोडीका लागि विशेष कार्यक्रम

    पति–पत्नी साटासाट गरेर मनोरन्जन उठाउन चाहने जोडीको संख्या युरोप र अमेरिकामा कम्ती छैन । त्यहाँ तिनीहरुका लागि क्लब नै खुलेका हुन्छन् र पत्रिका र वेभसाइटमा खुल्लमखुला विज्ञापन गर्छन् । 

    हुँदाहुँदा अब त्यसरी पति–पत्नी साटासाट गरेर मज्जा लिन चाहने जोडीका लागि जहाज सञ्चालनमा ल्याइएको छ । ती जहाजले क्यारिबियन क्षेत्र, मेक्सिकन समुद्र हुँदै अलास्कासम्मको सामुद्रिक भ्रमण गराउने छ र यसबीच जहाजमा यात्रा गरिरहेका जोडीले समुद्रमा नांगिएर डुंगा चलाउने, पानीभित्र पौडने र सेक्सी नृत्य गर्नेछन् । 

    आगामी नोभेबर १५ देखि २२ सम्म एउटा जहाज सामुद्रिक यात्रामा जाँदैछ । अमेरिकाको फ्लोरिडास्थित लाउडरडेलबाट छुट्ने यो जहाज होन्डुरस र कोजुमेलसम्म पुग्नेछ । 

    जहाजमा १ हजार ८ सय जोडी हुनेछन् । यसको विज्ञापनमा भनिएको छ, ‘यात्राको हरेक रात, हरेक क्षण कामुक हुनेछ ।’ 

    त्यस्तै नोभेम्बर २९ देखि डिसेम्बरसम्म अर्को जहाज त्यस्तै जोडी बोकेर यात्रामा हिँड्ने भएको छ, जसमा १ हजार ४ सय जोडी हुनेछन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: लोग्ने–स्वास्नी साटासाट गरेर मज्जा लिन चाहने जोडीका लागि विशेष कार्यक्रम Rating: 5 Reviewed By: Unknown
    Scroll to Top