728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, August 13, 2014

    पूर्वजन्मको कुरा बताएर सबैलाई चकित पार्दै सात वर्षिया रजनीश


    हिन्दु र बौद्ध धर्म दर्शनले पुनःजन्म हुन्छ भन्ने मान्यता स्थापित गरेको छ । बौद्ध धर्मगुरु र हिन्दु धर्म गुरुहरुको अवतार जन्म हुन्छ भन्ने गरिन्छ । कतिपय अवस्थामा यो सन्दर्भ सर्वसाधारणमा पनि लागू हुन्छ ।


    पूर्व जन्मको कुरा बताउने सात वर्षीय रजनीश विद्यालयकी शिक्षिाकाका साथ
    यस्तै भएको छ भारतको राजस्थानको कुंडलका गाउँका एक सात वर्षीया बालकमा । उनी आफ्नो पुनःजन्म भएको बताउँदै अघिल्लो जन्मको बारेमा बताएर सबैलाई चकित पारिरहेका छन् ।

    समाचार अनुसार सात वर्षीय रजनीश एकाएक आफूले आफूलाई सवाइमाधोपुरस्थित शेरपुर गाउँका केदार कुम्हार बताउँदै आफ्नी पत्नी र बच्चा समेत सोही गाउँमा रहेको बताएर सबैलाई आश्चर्यचकित पारिदिए् । रजनीशले यो कुरा आफ्ना पिता र स्कूलका शिक्षकलाई बताएका थिए । जब कुरा अघि बढ्दै गयो तब शरपुरमा सम्पर्क गर्दा उनले बताएका सबै कुरा सत्य सावित भयो ।

    यति मात्र हैन, रजनीशले आफू पूर्व जन्ममा केदार भएको प्रमाण अरु पनि दिएका छन् । शेरपुरमा उनीसंग दुई गधा थियो, जसलाई माटो ओसार्न प्रयोग गरिन्थ्यो । त्यस्तै पत्नी र सन्तानको नाम, स्थानीय गणेश मन्दिरका बारेमा पनि बताएका छन् । उनले भनेका सबै कुरा सही सावित भएको छ ।

    रजनीशले आफ्नो पुनःजन्म भएको र पूर्व जन्ममा आफ्ना परिवार, सम्पत्ति, छरछिमेक र गाउँका बारेमा बताउन थालेपछि रजनीशले भनेको गाउँका मानिसहरु आएपछि रजनीशले दावी गरेकी आफ्नी पत्नी र बच्चालाई चिन्नुका साथै अन्य मानिसहरुलाई पनि चिनेर कुराकानी गरेका थिए ।

    अबलर जिल्ला सदरमुकामबाट करीब ३० किलोमिटर टाढा भर्तृहरि नजिक समीप कुंडलका निवासी रामकरण गुर्जरका छोरा रजनीश गुर्जर स्वयं अघिल्लो जन्मको केदार बताउँछन् जो सवाईमाधोपुरको शेरपुर निवासी हुन् । रजनीशका परिवारका सदस्यका अनुसार दुई वर्षको उमेरदेखि नै उनी अघिल्लो जन्मको कुरा गर्नेगर्थे ।

    पछिल्लो समय रजनीशले जब आफ्नो पूर्व गाउँ जाने जिद्दी गरेपछि परिवारका सदस्यले शेरपुर गाउँबाट जानकारी लिएका थिए । रजनीशले बताएका कुराको सत्य तथ्य पत्ता लगाएपछि उनका पिता र परिवारका सदस्य सदस्यले अघिल्लो महिना, ८ जुलाई २०१४, मा शेरपुर लिएर गए, जहाँ उनले जोगी महल र गणेश मन्दिरलाई चिन्नुका साथै आफ्नो पहिलो जन्मको परिवारका सदस्यहरुलाई पनि चिने ।

    यसपछि १२ जुलाइमा शेरपुरबाट केदारकी पत्नी र परिवारका सदस्य आए । रजनीशले सबैलाई चिने र कुराकानी गर्न लागे । यसपछि विदा हुने बेलामा रजनीशले आफ्नी छोरी भनिएकीलाई उपहार दिने जिद्दी समेत गरे । दुई कक्षामा पढ्ने सात वर्षको बालकले कुनै दन्त्य कथा पढेजस्तो आफ्नो पूर्व जन्मको बारेमा बताउँदा सुन्ने सबै चकित हुने गर्दछन् ।

    रजनीशको व्यवहार परिपक्व युवाको जस्तो छ । विद्यालयमा आम बालकको तुलनामा उनी कम मात्रै चकचके छन् । उनलाई एकपटक बतादिएको कुरा लामो समयसम्म सम्झिरहन्छन् । विद्यालयमा पनि उनी प्रायःजसो आफ्नो पूर्व जन्मको बारेमा कुरा गर्छन् ।

    त्यस्तै रजनीशका पिता पनि आफ्नो छोराको परिपक्व व्यवहार देखेर अचम्भित छन् । आम बालबालिकाको तुलनामा कुनै बदमासी नगर्ने उनी कुनै गल्ती भएमा ठूला मानिसले जस्तै माफी माग्छन् र आफ्नो गल्ती स्वयं नै बताउँछन् । नेपाल जापान डट कम
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पूर्वजन्मको कुरा बताएर सबैलाई चकित पार्दै सात वर्षिया रजनीश Rating: 5 Reviewed By: Unknown
    Scroll to Top