728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, August 13, 2014

    पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न अभाव, पीडितको अवस्था कहालीलाग्दो (भिडियोसहित) | National News...

    सिन्धुपाल्चोक, श्रावण २८ । पहिरोबाट प्रभावित सिन्धुपाल्चोकको जुरे र मांखा क्षेत्रका झन्डै १५ गाउँ विकास समितिमा खाद्यान्न अभाव देखिएको छ । बाढी र पहिरोले अरनिको राजमार्ग अवरुद्ध हुँदा गाउँ र बजारबीचको सम्पर्क टुटेपछि संकटको अवस्था आएको हो । अत्यावश्यक उपभोग्य सामग्रीको आपूर्ति रोकिंदा सामानको मोल एकाएक चुलिएको छ । जुन स्थानीयको खरिद क्षमताभन्दा बाहिर पुगेको छ । नदी र पहिरोले दुबै तर्फबाट सम्पर्क सडक सञ्जाल टुटेपछि बाह्रबिसे, राम्चे, धुस्कुन, चोकटी, मानेसरा, गापी, मार्मिङ लगायतका गाविसका सर्वसाधारण मारमा परेका हुन् । पहिरो पीडितको पुनस्र्थापनको अवस्था त झन् कहालीलाग्दो छ । गाउँमा कोही बिरामी परेमा त्यसलाई अस्पताल पुर्‍याउनै समस्या भएको छ । पहिरोले उठीबास भएकाहरुले अझै उचित उद्धार र राहत पाउन सकेका छैनन् । सरकार र विभिन्न संघसंस्थाले राहत सामग्री पुर्‍याएपनि वास्तविक पीडितको अवस्था भने दयनीय बन्दै गएको छ । उता, सरकारले वैकल्पिक मार्ग भन्दै सुनकोशी जलविद्युत केन्द्रको ड्यामसाइडबाट टेकानपुर धुस्कुन हुँदै बाह्रबिसे निस्कने सडक खोल्ने काम सुरु गरेको छ । यो बाटो अहिलेको भन्दा ११ किलो मिटर लामो हुनेछ । सडक बगाएको ठाउँबाट चार किलो मिटरमा बाह्रबिसे पुग्न सकिनेमा अब १५ किलो मिटर लाग्नेछ । उता, श्रावण १७ गतेदेखि तातोपानी भन्सार बन्द हुँदा दैनिक दुई करोड राजस्व घाटा भएको कार्यालयले जनाएको छ । चीनबाट काठमाडौंको लागि सामान लिएर आएका ५० भन्दा बढी कन्टेनर तातोपानीमै अलपत्र छन् । पहिरोले सुनकोशी नदी थुनिएको दिनदेखि नेपाली सेनाले लगातार पानी घटाउने प्रयास गरे पनि अहिलेसम्म ताल घट्न सकेको छैन । श्रावण १७ देखि नेपाली सेनाले लगातार तालको पानी खुलाउने प्रयास गरिरहेको छ । सेनाले तालको पानी घटाउन दैनिक ५/६ ओटा विस्फोट समेत गराइरहेको छ । तर, त्यो प्रभावकारी हुन सकेको छैन
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न अभाव, पीडितको अवस्था कहालीलाग्दो (भिडियोसहित) | National News... Rating: 5 Reviewed By: Unknown
    Scroll to Top