728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 14, 2014

    अर्थमन्त्री र एडीबी उपाध्यक्षबीच भेटवार्ता, अनुदान निरन्तरता गर्न आग्रह


    काठमाडौं, श्रावण २९ । नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्मांगत कटवालले माओवादी सेनाविरुद्ध लागेपछि आफू कडा रुपमा प्रस्तुत भएको बताएका छन् । आज राजधानीमा आयोजित आफ्नै आत्मकथा ‘रुक्मांगत कटवाल’ विमोचनको क्रममा उनले माओवादीले चलखेल गर्न थालेको थाहापाएपछि आफू कडा रुपमा प्रस्तुत भएको बताए ।


    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजदूतको लोभ देखाएर सेना प्रमुखबाट राजीनामा माग्दा इन्द्रको शासन नै दिए पनि नछोड्ने जवाफ दिएको पनि उनले बताए ।

    एकै दिनमा दुई–दुई पटक आग्रह गर्दा पनि राजीनामा दिन नमानेपछि तात्कालीन प्रधानमन्त्री दाहालले स्पष्टिकरण सोधेको र हटाउने प्रयत्न गरेको कुरा कटवालको आत्मकथामा उल्लेख छ ।

    माओवादी र एमालेका केही काठमाडौं, श्रावण २९ । अर्थमन्त्री डा. रामशरण महतले समयमा ऋणको सावाँ तथा ब्याज भुक्तानी गरिरहेको नेपाललाई अनुदान कटौती गर्ने एसियाली विकास बैंक (एडीबी) को निर्णय ठीक नभएको भन्दै अनुदानलाई निरन्तरता दिन आग्रह गरेका छन् । नेपाल भ्रमणमा आएका एडीबीका उपाध्यक्ष वेनकाई चाङले विहस्बार अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग गरेको भेटमा मन्त्री महतले एडीबीलाई अनुदान निरन्तरता गर्न आग्रह गरेका हुन् ।

    राम्रो काम गरेको नेपाललाई प्रोत्साहन गर्नुपर्नेमा एडीबीले अनुदान कटौती गरेर हतोत्साहित गराएको महशुस आफूहरुले गरेको मन्त्री महतले बताए ।

    नेपाल अल्पविकसित मुलुक भएको र हिंसात्मक द्धन्द्धबाट भरखरै मात्र पार पाउँदै गरेको अवस्थामा बैंकले नेपाललाई दिने गरेको अनुदान कटौती नगर्न आग्रह गरे । नेपालको संवेदनशीलता बुझिदिनुपर्ने उनको भनाइ थियो ।

    उपाध्यक्ष चाङले नेपालको पूर्वाधारको विकासका लागि बैंकले सहयोग गर्ने जानकारी दिएका थिए । बैंकको लगानीमा सञ्चालित आयोजनाहरुको प्रगतिको अवलोकन गर्न र नेपाललाई दिंदै आएको समग्र सहयोगको मूल्यांकन गर्न एडीबीका उपाध्यक्ष चाङ नेपाल भ्रमणमा आएका हुन्
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अर्थमन्त्री र एडीबी उपाध्यक्षबीच भेटवार्ता, अनुदान निरन्तरता गर्न आग्रह Rating: 5 Reviewed By: Unknown
    Scroll to Top