728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 14, 2014

    माओवादीले चलखेल गर्न लागेको थाहा पाएपछि कडा रुपमा प्रस्तुत भएँ : कटवाल -


    काठमाडौं, श्रावण २९ । नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्मांगत कटवालले माओवादी सेनाविरुद्ध लागेपछि आफू कडा रुपमा प्रस्तुत भएको बताएका छन् । आज राजधानीमा आयोजित आफ्नै आत्मकथा ‘रुक्मांगत कटवाल’ विमोचनको क्रममा उनले माओवादीले चलखेल गर्न थालेको थाहापाएपछि आफू कडा रुपमा प्रस्तुत भएको बताए ।

    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजदूतको लोभ देखाएर सेना प्रमुखबाट राजीनामा माग्दा इन्द्रको शासन नै दिए पनि नछोड्ने जवाफ दिएको पनि उनले बताए ।

    एकै दिनमा दुई–दुई पटक आग्रह गर्दा पनि राजीनामा दिन नमानेपछि तात्कालीन प्रधानमन्त्री दाहालले स्पष्टिकरण सोधेको र हटाउने प्रयत्न गरेको कुरा कटवालको आत्मकथामा उल्लेख छ ।

    माओवादी र एमालेका केही नेताको मिलोमतोमा आफूलाई हटाउने षड्यन्त्र भएपनि माओवादीकै केही नेताबाट निरन्तर साथ पाएको दाबी पनि उनले गरेका छन् ।

    त्यसैगरी, शाहीशासन सफल बनाउन सेनाले पत्रिका, रेडियो र टेलिभिजन खोल्ने प्रयास गरेको पनि कटवालको आत्मकथामा उल्लेख छ ।

    कार्यक्रममा पुस्तकका लेखक किरण भण्डारी र समीक्षक पत्रकार अमित ढकालले आत्मकथामा कटवालको जुझारु व्यक्तित्व, माओवादीसँगको द्धन्द्ध, दरबार हत्याकाण्ड, नेपाली सेनामा कटवालको भूमिका, पारिवारिक पृष्ठभूमि लगायतका विषयहरु समेटिएको जानकारी दिएका थिए ।

    ४४७ पृष्ठको आत्मकथामा विभिन्न ११ वटा शीर्षक छन्
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: माओवादीले चलखेल गर्न लागेको थाहा पाएपछि कडा रुपमा प्रस्तुत भएँ : कटवाल - Rating: 5 Reviewed By: Unknown
    Scroll to Top