728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 14, 2014

    सप्तकोशीमा पानीको बहाव वर्षकै उच्च, ३८ ढोका खोलियो (भिडियोसहित) | National News |

    नसरी, श्रावण २९ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ । आज दिउँसो सवा ३ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार क्युसेक नाघेको छ । पानीको बहाव बढेपछि ब्यारेजका ५६ मध्ये ३८ ओटा ढोका खोलिएका छन् ।

    सामान्यतया सप्तकोशीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सूचक मानिन्छ । खतरा बढेपछि सर्वसाधारणलाई सचेत गराउन रातो बत्ती बालिएको छ भने नदीले आसपासका बस्तीमा कटान थालेको छ । नदीले सुनसरीको बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर, मधुवन, पश्चिमकुशाहा, हरिपुर, श्रीपुर लौकही गाविसमा कटान सुरु गरेको हो ।

    भारतले ३८ ओटा मात्र ढोका खोल्दा नदीको पानी पूर्ण रुपमा बग्न नपाएर नेपालतर्फको भू–भाग कटानमा परेको स्थानीयबासिन्दाले बताएका छन् छन् ।

    उता, भारतले पनि विहार राज्यको वीरपुर ग्राम पञ्चायतमा बाढीले जुनसुकै बेला घर बगाएर धनजनको क्षति पुर्‍याउन सक्ने भन्दै सुरक्षित स्थानमा जान सर्वसाधारणलाई आग्रह गरेको छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सप्तकोशीमा पानीको बहाव वर्षकै उच्च, ३८ ढोका खोलियो (भिडियोसहित) | National News | Rating: 5 Reviewed By: Unknown
    Scroll to Top