728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, July 30, 2014

    पुणेस्थित अम्बे गाउँमा भीषण पहिरो, ४० घर पुरिए, १७ जनाको मृत्यु (अपडेट)

    काठमाडौं, श्रावण १४ । पश्चिम भारतको महाराष्ट्रस्थित पुणे जिल्लाको अम्बेगाउँमा पहिरोले करिब ४० घर पुरिदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण पहिरो जाँदा १ सय ५० सर्वसाधारण बेपत्ता भएको स्थानीय अधिकारीलाई उद्धृत गदै बीबीसीले जनाएको छ ।

    पहिरो गएको स्थान पुणे जिल्लाको मेलिन गाउँ जाने बाटोमा पर्ने बताइएको छ । उद्धार कार्य जारी रहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन् ।

    यस अघि गत वर्षको जुन महिनामा उत्तराखण्डमा गएको बाढी र पहिरोमा पाँच सयभन्दा बढी नागरिकले ज्यान गुमाएका थिए भने हजारौँ बेपत्ता भएका थिए । - See more at:
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पुणेस्थित अम्बे गाउँमा भीषण पहिरो, ४० घर पुरिए, १७ जनाको मृत्यु (अपडेट) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top