728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, March 8, 2014

    आजको राशिफल

    आजको पञ्चाङ्ग र राशीफल


    आजको पञ्चाङ्ग

    वि.सं. २०७० फाल्गुन २५ गते आइतबार तदनुसार ईश्वीसन् २०१४ मार्च ०९ तारिख, नेपाल संवत् : ११३४, (चिल्लाथ्व)
    आज अष्टमी व्रत, गोरखकाली पूजा, चिरोत्थान, होलिकारम्भ, नेवारी पर्व चिरस्वाय,
    चन्द्रमा बृष राशिमा, बिहान ९ बजेर १२ मिनेटसम्म, त्यसपछि मिथुन राशिमा,

    काठमाण्डौं, नेपालमा सूर्योदय : ०६:२२:३२ बजे र सूर्यास्त : ०६:०८:१८ बजे,
    इटहरी, सुनसरी, नेपालमा सूर्योदय : ०६:१४:१९ बजे र सूर्यास्त : ०६:००:५१ बजे,

    फाल्गुन शुक्लपक्षको अष्टमी तिथि, बिहान ९ बजेर ५६ मिनेटसम्म, त्यसपछि नवमी तिथि,
    मृगशिरा नक्षत्र बेलुका १० बजेर १४ मिनेटसम्म, त्यसपछि आर्द्रा नक्षत्र,
    प्रीति योग दिउँसो १ बजेर २४ मिनेटसम्म, त्यसपछि आयुष्मान् योग,
    बालब करण बेलुका १० बजेर ४२ मिनेटसम्म त्यसपछि कौलव करण,

    राहुकाल दिउँसो ४ बजेर ३३ मिनेटदेखि साँझ ६ बजेर ०१ मिनेटसम्म,
    काल बारबेला दिउँसो १२ बजेर ०८ मिनेटदेखि १ बजेर ३६ मिनेटसम्म,
    रोग बारबेला दिउँसो ३ बजेर ०४ मिनेटदेखि ४ बजेर ३३ मिनेटसम्म ।




    आजको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
    समय राम्रै छ। साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ। शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ। आज विगतका कमीकमजोरी सम्झने दिन होइन, मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
    मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ। सामाजिक काममा संलग्न हुनुपर्ला। घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ। छरछिमेकी, कुटुम्ब वा नातागोताको कामधन्दामा सरसहयोग गर्दा सन्तुष्टि प्राप्त हुनेछ। अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन्।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
    दिनको सुरुवातमा मन खिन्न भए पनि आज तपाईंले गरेको प्रयास सार्थक हुनेछ। डुबेको धन अप्रत्याशित ढंगले फिर्ता आउन सक्छ। परिवारका सदस्यहरुमा खुसी, उमङ्ग र हर्षको सञ्चार हुनेछ। सानोतिनो पार्टी, पुराना साथीभाइसित जमघट वा भोजभतेरमा सहभागी हुने सम्भावना छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
    आज दिउँसोका तुलनामा बिहानको समय सकारात्मक छ। दिउँसो शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ। प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ। कृषिजन्य व्यवसायबाट लाभ प्राप्त हुनेछ। परोपकार र धार्मिक क्रियाकलापमा धन खर्च हुनेछ। सानातिना कामको झमेला आउनसक्छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
    भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ। माया प्रेमको लागि रमाइलो छ। विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ। पारीवारिक सहयोग बढ्ने छ। आत्मबल बढ्ने बेला छ। ठूलाबडाले सहयोग गर्नेछन्। व्यापार व्यवसाय मध्यम रहेको छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
    व्यापारव्यवसाय र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ। दिउँसोका तुलनामा बिहानको समय राम्रो छ, धन, धर्म र भाग्य अभिबृद्धि हुनेछ। दाम्पत्यसुख, प्रेमसम्बन्ध, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने छ। दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
    आज दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन्। अधुरा कामहरु पूर्ण हुन थाल्नेछन्। स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुनेछ। धार्मिक, आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ। आज कुनै कन्या केटीलाई उपहार प्रदान गरेर आफ्ना मनका असीमित इच्छा पूर्ण गर्न सकिन्छ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
    बिहानको समय आज तपाईंका लागि राम्रै छ, तर मध्याह्नको सुरुवातसँगै अनावश्यक र झुठो आरोप आइलाग्ने सम्भावना छ। दिन छिप्पिदै जाँदा असन्तुष्टि, चिडचिडेपना आदि बढ्न थाल्नेछ। कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला। प्रेममा धोका हुने सम्भावना छ। अध्ययनमा जाँगर चल्ने छैन।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
    तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ। धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ। अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला। आर्थिक लाभको योग छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
    बिहान ज्ञानगुन र अध्ययनअध्यापनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ। कसैसँग व्यर्थमा तर्क, बहस र वादविवाद गर्नु पर्ला। प्रेममा धोका हुने सम्भावना छ। तपार्इंले नचाहदा नचाहँदै पनि आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ। छटपटी र असन्तुष्टि बढ्ने छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
    आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ। पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न तर व्यवहारिक एवं आर्थिक लाभ बढ्न थाल्नेछ। लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ। बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ। शत्रुहरु पराजित हुनेछन्।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
    एकाबिहानै सामाजिक र परोपकारका क्षेत्रमा खट्नु पर्नेछ। दिउँसोबाट असहज परिस्थिति सिर्जना हुनसक्छ। खर्च अलि वृद्धि हुने समय छ। व्यापारव्यवसायमा तनाव उत्पन्न हुनेछ। प्रेममा धोका हुनसक्छ। सामान्य कुरामा समेत विवाद उत्पन्न हुन सक्छ। आमाबुवाको स्वास्थ्यमा समस्या आउन सक्छ।


    (द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयको गणना इटहरी, सुनसरी, नेपालको अक्षांश, देशान्तर र नेपालको मानक समयमा सूर्यसिद्धान्तको प्रयोग गरी तैयार गरिएको हो।
    पञ्चाङ्गकर्ता : ज्योतिषसाथी कृष्णप्रसाद कोइराला, इटहरी —१, पश्चिमलाइन, नमस्ते एफ एमको बिल्डिंग, सुनसरी नेपाल)

    स्मरण गर्नुहोस् :-
    माथि राशिफलमा लेखिएको विवरण जस्तो भएपनि तपाईंले आफ्नो कर्ममा विश्वास राख्नु पर्छ, आफ्नो दायित्व र कर्तव्यलाई जिम्मेबारीपूर्वक पालना गर्नुपर्छ एवं प्रत्येक दिन यो राशिफल हेरीसकेपछि अहिलेसम्म मैले परोपकार र सार्वजनिक हीतका निम्ति केके गरें भन्ने चिन्तन गर्ने बानी बसाल्नुहोस्, अनिमात्र यहाँ लेखिएका शुभफलहरू प्राप्त हुन्छन्, अशुभ र अनिष्ट फलमा न्यूनीकरण हुन्छ वा नाश भएर जानेछ ।

    आजको राशिफल दिनैपिच्छे आफ्नै फेसबुक वालमा पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक् गर्दा देखापर्ने फेसबुक लाइक पेजलाई केवल एकपल्ट लाइक गर्नुहुन अनुरोध छ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: आजको राशिफल Rating: 5 Reviewed By: Unknown
    Scroll to Top