728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, August 10, 2014

    श्रीकृष्णलाई सम्झेर आँशुको झरना बगाउँदै नायिका


    ए मेरो हजुर-२ मा सँगै खेल्ने झरना थापाको सपना अधुरै 

    २५ साउन, काठमाडौं । नेपाली सिने नगरीमा नायक श्रीकृष्ण श्रेष्ठ र नायिका झरना थापाको जोडी सर्वाधिक सफल मानिन्छ ।
    गोर्खाली, ए मेरो हजुर, हामी तीन भाइ, सुख दुख र पाहुनाजस्ता सिनेमामा काम गरेको यो जोडी असाध्यै मिल्थे । तर, अकस्मात् श्रीकृष्ण श्रेष्ठको निधनको खबर सुनेपछि नायिका थापा अहिले आँशुको झरना बगाउँदैछिन् । नायिका झरना कन्फ्युजनमा छिन्, श्रेष्ठको निधन ‘रियल’ नै हो र !


    अनलाइनखबरले आइतबार नायिका थापालाई भेट्दा दाजु समानका कलाकारलाई गुमाएको पीडामा उनका आँशु रोकिएका थिएनन् । अनलाइनखबरसँग कुरा गर्दा झरना पटक-पटक भक्कानिइन् ।
    विगतमा पनि श्रेष्ठ गम्भीर बिरामी भएपछि भारतमा उनको उपचार भएको थापाले सम्झिइन् । आफ्नो प्रोडक्शनमा बन्न लागेको ए मेरो हजुर-२ चलचित्रमा आफू र श्रीकृष्णले बा-आमाको रोल खेल्न गरेको तयारी सपनामै सीमित भएको सम्झँदै झरना भक्कानिइन् ।
    नायक श्रेष्ठको सम्झना झरनाले यसरी गरिन् -
    श्रीकृष्णको निधनको खबर कतिबेला थाहा पाउनुभयो ?
    बिहान ५ बजेको थियो । सुनीलजीलाई फोन आएपछि, उहाँ केरे भन्दै उठ्नुभयो । म पनि एक्कासी उठें ।
    निधनको खबर सुन्ने वित्तिकै कस्तो भयो तपाइलाई ?
    एकदमै स्तब्ध नै भएँ म । नसोचेको कुरा भयो । उहाँ कलाकार मात्र होइन, मेरो परिवारजस्तो हो । सोचेकी थिइँन, यस्तो हुन्छ भनेर । दैवले मेरो दाजुलाई चुँडेर लग्यो ।
    उहाँको स्वास्थ्य अवस्थाबारे तपाई कतिको जानकार हुनुहुन्थ्यो ?
    हुन त उहाँ, पहिलेदेखि नै बिरामी हुनुहुन्थ्यो । चलचित्र जीवनसाथीमा हामीले एकसाथ काम गर्दा, उहाँ गम्भीर बिरामी हुनुभयो । भारतमा पुगेर उपचार गराउँदा उहाँ मरेर बाँच्नु भएको हो । पछि उहाँले यो सिनेमा गर्न नसक्ने भएपछि अर्को कलाकार लिएर सिनेमा गरियो । हामी जापान र यूकेमा आयोजना भएको सांकृतिक कार्यक्रममा भाग लिन जाँदा पनि उहाँ औषधी लिइरहनुहुन्थ्यो । डेढ महिना अघिसम्म पनि उहाँले घाटीमा समस्या भएको बताइरहनुभएको थियो ।
    त्यतिबेला उहाँलाई के भएको थियो, तपाईलाई थाहा छ ?
    उहाँहरुले लुकाउनुभयो, त्यतिबेला । यसैले हामीले केही बुझ्न नै पाएनौं ।
    तपाईकै होम प्रोडक्शनबाट बन्न लागेको चलचित्र ‘ए मेरो हजुर २’मा उहाँसँग काम गर्ने सम्भावना थियो कि थिएन ?
    हामीले यो विषयमा कुरा गरिसकेका थियांै । अहिलेका युवाहरुको भूमिकामा नभई, बुढाबुढीको भूमिकामा काम गर्ने तयारी गरेका थियांै हामीले । तर, यो सबै सपना नै भयो ।
    नेपाली सिने नगरीलाई उहाँको अभाव कसरी खड्किन्छ ?
    असर त एकदमै पर्छ । हामीले एउटा राम्रो कलाकार गुमाएका छौं ।
    तपाईको बुझाइमा श्रीकृष्ण कस्तो मानिस हुनुहुन्थ्यो ?
    उहाँको कसैसँग पनि वादविवाद भएन । एकदमै सहयोगी भावना भएको मानिस हो उहाँ । एउटा परिवारजस्तो हुनुहुन्थ्यो । कहिल्यै पनि स्क्यान्डलमा पर्नुभएन । दयालु स्वभावको मानिसको रुपमा चिन्छु म उहाँलाई ।
    उहाँबाट सिक्नुपर्ने पाठ के हो जस्तो लाग्छ ?
    उहाँ न त कहिले नै सुपरस्टार नै हुनुभयो, न त कहिले नै फ्लब हिरो । सधैं एकै नाशले उहाँको चलचित्र यात्रा चल्यो । उहाँबाट खुशीमा मात्तिने र दुखमा आत्तिने काम गर्नुहुन्न भन्ने हामीले सिक्यौं ।
    श्रीकृष्णको निधनको खबर सुन्नेवित्तिकै, तपाईको मस्तिष्कमा उहाँलाई सम्झेर के याद आयो ?
    मलाई उहाँले बोल्ने भाषा याद आयो । भेट्नेवित्तिकै अंकमाल गर्ने उहाँको बानी झलझली सम्झिएँ । ५ बजेदेखि ७ बजेसम्म त मलाई होइनजस्तो लागिरहेको थियो । तर जब पक्का भयो, मैले आफूलाई सम्हाल्न नै सकिँन ।
    आफ्नो जीवनमा श्रीकृष्णजीको निधनको अभाव कसरी रहला भन्ने ठान्नुहुन्छ ?
    उहाँसँग सिनेमामा काम गर्ने चाहना अधुरो नै भयो । उहाँ मेरा लागि अग्रज हुनुहुन्थ्यो । मैले एउटा दाजु, अग्रज र मिलनसार कलाकारलाई सदाका लागि गुमाएकी छु ।
    उहाँले आफूलाई केही भैहाले नेपाल नलैजान भन्नुभएको सुनियो, तपाईलाई यो कुरा सुनेर दुख लागेन ?
    उहाँले यस्तो किन भन्नुभयो भनेर सोच्दैछु । म निक्कै दुखित छु, उहाँको यो कुरा सुनेर । अहिले पनि मेरो मन दुख्छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: श्रीकृष्णलाई सम्झेर आँशुको झरना बगाउँदै नायिका Rating: 5 Reviewed By: Unknown
    Scroll to Top