728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, August 10, 2014

    निष्ठुरी दैबले बिहे भएको १ महिना मै श्वेताको सिन्धुर पुछिन


    २५ साउन, काठमाडाैं। नेपाली सिने उद्योगका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको उपचारका क्रममा भारतमा निधन भएको छ । श्रीकृष्णका साथी एवं निर्देशक आकाश अधिकारीले श्रेष्ठको आइतबार बिहान ५ बजे दिल्लीको गंगाराम अस्पतालमा निधन भएको जानकारी दिएका छन् ।
     ‘डिप निमोनिया’का कारण उनको निधन भएको श्रेष्ठका दाजुले जानकारी दिएको आकाशले बताए । नायक श्रीकृष्ण श्रेष्ठ नायिका श्वेता खड्कासँग विवाह गरेर एक महिनाअघि हनिमुनका लागि सिमला पुगेका थिए । त्यसैबेला बिरामी भएका उनी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । चलचित्र ‘कोहिनुर’को प्रदर्शन छेकोमा नव–विवाहित जोडी भारत पुगेको थियो । भारत जाने क्रममा श्रीकृष्णले २ वर्षसम्म सन्तानको कुनै सोच नभएको सुनाएका थिए । तर, भारत गएलगतै उपचारका क्रममा डीप निमोनिया भएको खबरले दर्शक र सिने नगरीलाई चिन्तित तुल्यायो । श्रीकृष्ण सिनेमाको पहिलो शोमा सहभागी हुने खबर आयो । हलमा सिनेमा लाग्नु भन्दा एक दिन अगाडि मात्र श्रीकृष्णले निक्कै कारुणिक आवाजसहित सम्बोधन गरेको अडियो सार्वजनिक भएपछि उनको अवस्था गम्भीर रहेको धेरैले अड्कल काटेका थिए । तर, आइतबार बिहान एकाएक नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको खबर आएपछि सबैलाई स्तब्ध बनायो । परिवारका सदस्यहरु आजै दिल्ली जाने तयारीमा छन् । श्रीकृष्णको शवलाई आजै नेपाल ल्याइने समेत आकाशले बताए । भुमरीबाट सुरू भएकाे जीवन वि.सं २०४५ सालमा ‘भूमरी’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नायक श्रेष्ठले नायकको रुपमा भने ‘नाता’ चलचित्रबाट करिअर अगाडि बढाएका हुन् । श्रीकृष्णले अभिनय गरेका अधिकांश सिनेमा ५१ र १०० दिन मनाउन सफल छन् । 

    आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहा भेटिएला जस्ता हिट सिनेमा दिएका श्रीकृष्ण निक्कै मिलनसार समेत मानिन्थे । उनले निर्माण तथा अभिनय गरेको चलचित्र ‘कोहिनुर’ अहिले हलमा लागिरहेको छ । एक महिना अगाडि अर्थात असार २३ गते नायिका स्वेता खड्कासँग बिहे गरेका श्रीकृष्ण त्यस लगतै दिल्ली पुगेका थिए । दिल्ली पुगेलगतै उनी बिरामी भएको खबर आएको थियो । सुख्खा खोकीले ग्रसित नायक श्रेष्ठलाई फोक्सोमा पानी जमेको बताइन्छ । जसले सबैलार्इ रूवाएर गए अभिनेता श्रीकृष्ण श्रेष्ठ बिरामी भएको विषयमा धेरै जानकार थिए । दर्शकदेखि कलाकारसम्मले उनको सु-स्वास्थको कामना गरे । लामो समयको प्रेमपछि नायिका श्वेता खड्कासँग बिहे गरे लगत्तै उपचारका लागि भारतको सिमला पुगेका श्रीकृष्णको वारेमा धेरैको अनुमान थियो- केही दिनको उपचारपछि स्वास्थ भएर नेपाल आउनेछन् र उनैले बनाएको फिल्म ‘कोहीनुर’ को प्रदर्शनमा सहभागी हुनेछन् । फिल्म चलेको प्रत्येक हलमा पुगेर दर्शकसंग अंकमाल गर्दै सोध्नेछन् ‘मेरो फिल्म कस्तो लाग्यो ?’ अघिल्लो फिल्म ‘कहाँ भेटिएला’ प्रदर्शनताका उनले धेरै दर्शकसँग हात मिलाउँदै हल-हलमा पुगेका थिए । श्रीकृष्णसँग हात मिलाउँदै उनले बनाएको फिल्म हेर्ने सपना पालेका दर्शकका लागि आइतबार बिहानै दुःखको खबर आयो । अब कहिल्यै त्यो अवसर पाउने छैनन् उनका शुभ चिन्तकले । कुशल अभिनेता श्रीकृष्णले यो दुनियाँवाट विदा लिएका छन् सदा सदाका लागि । पछिल्लो पटक ‘कोहीनुर’ नाम राखेर फिल्म बनाएका श्रीकृष्णले फिल्म प्रदर्शनको तिथि नजिकिँदै गर्दा प्राण त्याग गरेर दर्शकदेेखि सहमर्की समेतलाई नरमाइलो बनाइदिए । 

    श्वेता खड्कालाई बज्रपात सवैभन्दा ठूलो बज्रपात भयो- लामो सयमको प्रेमलाई एक महिनाअघि मात्र विवाहमा परिणत गरेकी पत्नी श्वेता खड्कालाई । त्यसो त कोहीनुरका निर्देशक आकाश अधिकारी पनि श्रीकृष्णलाई सन्चो भएको समाचार आउला कि भन्ने प्रतिक्षामा थिए । उनको आशा बिपरितको सन्देश आयो आईतवार बिहान । बिहान ५ बज्नै लाग्दा श्रीकृष्णको दाजुले उनको निधन भएको खबर सुनाएपछि केही वेर आकाशको वाक्य बन्द भयो । ‘अकस्मात खबर सुनेपछि केही समय त म बोल्नै सकिँन ।’ निर्देशक आकाशले भने । मिडियामा आकाशले नै श्रीकृष्णको निधन भएको सन्देश सुनाए । उनले जीवनमा सबैभन्दा नमीठो अनुभव गर्दै भने– ‘जीवनमा पहिलोपटक सबैभन्दा नमीठो अनुभूति साँचिरहेको छु ।’ फोन गर्नेहरुलाई श्रीकृष्णको मृत्युको खबर सुनाउनु एउटा नमीठो वाध्यता थियाे उनकाे । आकाशले आजको दिन सिंगो नेपाली फिल्म उद्योग स्तब्ध भएको अनुभुति सुनाएका छन् । उनको आत्माले शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जली !
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: निष्ठुरी दैबले बिहे भएको १ महिना मै श्वेताको सिन्धुर पुछिन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top