728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 15, 2014

    तपाईको मस्तिष्कलाई आघात पुर्याउने १० आनी-बानीहरु :


    तपाईको मस्तिष्कलाई आघात पुर्याउने १० आनी-बानीहरु : 

     १ बिहानको नास्ता नखाने बानी: बिहान समयमै नास्ता नलीदा लामो समय सम्म रगतमा ग्लूकोज को मात्र कमहुन पुग्छ। यसो हुँदा मस्तिष्कमा पर्याप्त पोषक तत्वहरु नपुग्दा मस्तिष्कका कोषहरु मर्न पुग्छन्।
     २. औधि प्रतिक्रियात्मक हुनु : साना-साना कुराहरुमा पनि ज्यादा प्रतिक्रियात्मक हुँदा मस्तिष्क लाई अत्याधिक तनाव पुग्दछ र यसले आफ्नो क्रिया राम्ररी गर्दैन। 
     ३. धूम्रपान, मद्यपान र लागू पदार्थ को सेवन: यस्ता पदार्थले मस्तिष्कको रक्त सञ्चार लगायत अन्य क्रिया हरुमा बाधा पुर्याउँछ। यस्ता पदार्थले मस्तिष्कको क्रियामा पनि असर पुर्याउँछ र मस्तिष्क संकुचित हुनका साथै मस्तिष्क कोष हरु को क्षय हुन्छ।
     ४. प्रशस्त पानी नपिउने बानी: पानी कम पिउँदा निर्जलतका कारण मस्तिष्क का कोष हरु मर्दछन। 
     ५. गुलियोको अत्याधिक सेवन : धेरै गुलियोको सेवनले अन्य पौष्टिक तत्वहरुको अबशोषण मा दखल दिन्छ फलतः मस्तिष्क का लागि चाहिने पदार्थ हरुको कमी हुँदा मस्तिष्क को विकाश हुन सक्दैन र यशले राम्ररी काम गर्दैन।
     ६. वायु प्रदुषण: प्रदूषित वायुमा ऑक्सीजन को मात्रा काम हुने हुँदा कम ऑक्सीजन को कारण ले ब्रेन ह्यपोक्सिया हुन्छ र मस्तिष्क लाई आघात पुग्छ।
     ७. अनिंद्रा: निंद्रा ले मस्तिष्क लाई आराम दिन्छ। लामो समय सम्म नसुत्दा अनिन्द्राकै कारण ले ब्रेन सेल हरु मर्दछन्।
     ८. वैचारिक विश्लेषण नगर्ने बानी : वैचारिक विश्लेषण नगर्दा मस्तिष्क को सम्पूर्ण क्षमता विकाश हुन सक्दैन।
     ९. भावनात्मक अशांति : काम, क्रोध, लोभ, मोह, अहंकार, राग, द्धेष, मृत्युको भय, मपाईत्व जस्ता कुराले मश्तिष्का लाई जहिले पनी आघात पुर्याउँछ। १०. बिरामी हुदा पनि मष्तिष्क लाई आराम नदिनु : बिरामी हुँदा मस्तिष्क लाई आराम नदीदा मस्तिष्क को क्रिया गडबडाउछ र मस्तिष्क लाइ आघात पुग्दैछ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: तपाईको मस्तिष्कलाई आघात पुर्याउने १० आनी-बानीहरु : Rating: 5 Reviewed By: Unknown
    Scroll to Top