728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 15, 2014

    वर्षाले दाङमा सयौं घर डुबानमा


    दाङ, श्रावण ३० । लगातारको वर्षाले दाङका सयौँ घर डुबानमा परेका छन् । वर्षाका कारण नदी तथा खोलाहरुमा आएको बाढीले दाङ तथा देउखुरी क्षेत्रका सयौँ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।


    प्रहरीकाअनुसार देउखुरीका आधा दर्जन गाविसका एक हजार बढी घर डुबानमा परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । राप्ती नदी र स्थानीय खहरे खोलामा आएको बाढीले दर्जनभन्दा बढी गाउँ जलमग्न भएका छन् ।

    वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक लक्ष्मण शाहीकाअनुसार बाढीले डुबानमा परेका घर मध्ये झन्डै ६ सय घर उच्च जोखिममा छन् । शाहीकाअनुसार स्थानीय खोला र राप्ती नदीको बीचमा रहेको सोनपुर गाविस १, २, ३ र ४ नम्बर वडाका डेढ समय घर–परिवारहरु बाढीको बीचमा फसेका छन् ।

    दुई नदीको बीचमा रहेका यी वडाका डेढ सय घर–परिवार अहिले घरको छतमा बसेका छन् । दाङको सतबरिया गाविस वडा नं ७ बिजुलीपुरमा विन्तिराम चौधरीको घर भत्कँदा उनकी बुहारी लक्षिमा र छोरा मानपती घाइते भएका छन् ।

    यसैगरी, सतवरियाका बस्तीहरु पनि डुवानमा परेका छन् । देउखुरीका गढवा, गंगापरस्पुर, चैलाही, सतवरिया, लालमटिया, सोनपुर लगाएतका गाविसका दर्जनौ बस्ती डुबानमा परेका छन् ।

    यता, दाङको बबई नदीमा आएको बाढीले विभिन्न गाविसका दर्जनौं बस्ती डुबानमा पारेको छ । यो नदीमा आएको बाढीले उरहरी, डुरुवा, फूलबारी, पन्चकुले, श्रीगाउँ लगाएतका गाविसका सयौँ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

    यसवीच खोलामा आएको बाढीले दाङको यातायात सेवा प्रभावित बनेको छ । लमही तुलसीपुर सडकखण्डमा पर्ने खोलामा बाढी आएका कारण हिजो देखिनै यो सडकखण्डको यातायातसेवा ठप्प भएको छ -
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: वर्षाले दाङमा सयौं घर डुबानमा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top