728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, August 11, 2014

    श्रीकृष्णको शब देख्दा भक्कानिएर रोए राजेश हमाल

    काठमाडौं । नायक राजेश हमालले शनिबार प्रज्ञा भवनमा अर्का नायक श्रीकृष्ण श्रेष्ठको शब देख्दा मन थाम्न सकेनन् र भक्कानिदै आँसु झारे ।
    नेपाली चलचित्र ‘हामी तीन भाई’ का ‘हरि’ अर्थात नायक राजेश हमालले हुर्काएका ‘माइला भाई’ श्रीकृष्ण श्रेष्ठको शब देखेपछि उनले आफूलाई सम्हाल्न सकेनन् ।

    ‘हामी तीन भाई’ मा तीन दाजुभाई राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ र निखिल उप्रेतीले गरेको अभिनय हेरेर नरुने सायद कमै होलान् । तर दर्शकलाई रुवाउने अभिनय गर्ने नायक हमाल सोमबार भने आफै रोए ।
    नेपाली चलचित्र क्षेत्रमा लामो समय सँगै उठबस गरेका श्रेष्ठको शनिबारराति भारतको नयाँदिल्लीमा निधन भएपनि अहिले नेपाली सिने क्षेत्र शोकाकुल बनेको छ । नायक श्रीकृष्ण श्रेष्ठको शव ल्याउनु भन्दा दुई घन्टा अघि नै उनी प्रज्ञा भवन कमलादी पुगेका थिए ।
    नायक श्रीकृष्ण श्रेष्ठ र राजेश हमालले दर्जनबढि फिल्महरुमा सँगै काम गरेका छन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: श्रीकृष्णको शब देख्दा भक्कानिएर रोए राजेश हमाल Rating: 5 Reviewed By: Unknown
    Scroll to Top