728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, August 11, 2014

    नायक श्रीकृष्ण श्रेष्ठको भावपूर्ण विदाइ (फोटो फिचरसहित), सरकारी सम्मानका साथ अन्त्येष्टि

    २६ साउन, काठमाडौं । लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको सरकारी सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा दाइले दागवती दिएका छन् ।
    १० प्रहरीको टोलीले सम्मान गारथ प्रदान गरेको छ । त्यसअघि उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह र सञ्चारमन्त्री मिनेन्द्र रिजालले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।
    श्रेष्ठप्रति श्रद्धान्जली व्यक्त गर्न हजारौं समर्थक तथा शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए । प्रज्ञा भवन भवनमा अन्तिम श्रद्धान्जलीका लागि राखिने भनिएपनि भिड व्यवस्थापन गर्न नसक्दा श्रेष्ठको पार्थिव शरीरलाई राख्न सकिएन । उनलाई श्रद्धान्जली दिन पुगेका समर्थक तथा नेताहरु समेत निराश भएर फर्किएका छन् ।
    साढे २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुरु भएको श्रेष्ठको शव यात्रा प्रज्ञा भवनमा पुग्दा साढे ५ भइसकेको थियो । जतिबेला हातमा पुष्पगच्छा बोकेरका कलाकार तथा समर्थकले प्रज्ञा भवन परिसर खचाखच भरिसकेको थियो । शुभचिन्तकहरु विहानैबाट प्रज्ञा भवन पुगेका थिए ।
    श्रेष्ठको पार्थिव शरीर राख्न प्रज्ञा भवनको ढोका अगाडि फूलहरुसहित सजाएर राखिएको थियो भने सञ्चारमन्त्री र विभिन्न दलका नेताहरु समेत पुष्पगुच्छा लिएर बसिरहेका थिए ।
    तर, प्रहरीले पटक पटक प्रयास गर्दा पनि भिड हटाउन नसकेपछि श्रेष्ठको पार्थिव शरीरलाई गाडीबाट नझरी पशुपति लगिएको छ । प्रज्ञा भवनमा जम्मा भएका समर्थकहरु शवयात्रा आर्यघाटमा पुगेर श्रद्धान्जली दिएका छन् ।

    समर्थकहरुले नायक श्रीकृष्ण श्रेष्ठ अमर रहुन् भन्ने कामना गरे । शवयात्रामा सहभागी कालाकार तथा समर्थकको आँखा रसाएका थिए ।
    श्रेष्ठको शनिबार राति दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको थियो ।















    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नायक श्रीकृष्ण श्रेष्ठको भावपूर्ण विदाइ (फोटो फिचरसहित), सरकारी सम्मानका साथ अन्त्येष्टि Rating: 5 Reviewed By: Unknown
    Scroll to Top