728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 9, 2014

    ७ वर्षदेखि दाह्री पालेकी महिला भन्छिन् : सामाजिक मूल्य तोड्न मलाई डर लाग्दैन

    २३ वर्षकी हर्नाम कौरले ७ वर्षदेखि आफ्ना दाह्री जुँगा पालेकी छिन् । लामा लामा दाह्री भएकी ती युवतीको अनुहार देख्दा ती महिला हुन् भनेर कसैले पत्याउँदैन ।

    कतिपयले महिलाको पनि कस्तो नराम्रोसँग दाह्री आएको होला ? भनेर खिसिट्युरी गर्दा हुन् र दाह्री पालेकोमा घृणा पनि गर्दाहुन् । तर कौर आफ्नो यस्तो छविप्रति आत्मविस्वासी र गौरवान्वित मात्र छैनिन् उनलाई विश्वकी सबैभन्दा सुन्दर दाह्री भएकी महिलाको उपाधि समेत मिलेको छ ।
    हालै बेलायतमा भएको एक तस्वीर प्रदर्शनीमा उनको त्यो दाह्रीवाल तस्वीर विश्वको सबैभन्दा सुन्दर दाह्री ठहरियो । दाह्रीहरुको तस्वीर प्रदर्शनीमा कौरको तस्वीर मात्र यस्तो तस्वीर थियो जो महिलाको थियो ।

    बर्कसायरको स्लघकी बासिन्दा कौरले १६ वर्षको उमेरदेखि नै दाह्री पाल्न सुरु गरेकी हुन् । उनमा पोलिसिस्टीक ओभर सिन्ड्रोम भनिने रोग छ जसका कारण उनको सरीरमा अत्यधिक भुत्ला वृद्धि हुन्छ ।

    प्रोजेक्ट सिक्स्टी नामक उक्त तस्वीर प्रदर्शनीमा छानिएका ६० जनामध्ये उनी एक थिइन् । प्रदर्शनीमा सर्वोत्कृष्टताको ताज पहिरिएसँगै बोल्दै कौरले सम्पूर्ण दाह्रीवाल पुरुषहरुको बीचमा आफु एक्लो दाह्रीवाल महिला हुन पाएकोमा निकै खुसी लागेको बताइन् ।

    किशोरी अवस्थामा आफ्नो अनुहार तथा जिउमा पलाएका धेरै रौँ का कारण अपमानित हुनु पर्दा उनले सधै अनुहार तथा जिउका रौँ उखेल्ने तथा खौरने गर्थिन् । तर सिख धर्म ग्रहणसँगै उनले सरीरका रौँ नखौरिने निधो गरिन् ।

    सुरुमा आफुले धार्मिक कारणले दाह्री नखौरेको भएपनि अहिले भने व्यक्तिगत कारणले दाह्रीजुँगा पालिरहेको उनी बताउँछिन् ।

    ‘यसले मलाई साहसी अनुभुत गराउँछ, एक आत्वविश्वासी महिला जो समाजको मूल्य तोड्न डराउँदैन,’ उनी भन्छिन् ।

    प्रोजेक्ज सिक्टीले ‘दाह्री मौसम’को सुरुवात गरेको छ जुन एक गैरनाफामूलक संगठन हो र यसले जाडो

    याममा आफ्ना दाह्री पाल्न मानिसहरुलाई आग्रह गर्दै छालाको क्यान्सरका विषयमा जनचेतना जगाउने काम गर्छ ।

    यो परियोजना क्यान्सर विरुद्धको लडाइँ भएको र त्यो लडाइँमा कौर एक ससक्त हतियार भएको फोटोग्राफर ब्रुक इल्बांक बताउँछन् ।

    प्रदर्शनीमा विश्वका विभिन्न देशका दाह्रीवाल पुरुषहरुका थरि थरिका तस्वीर राखिएका छन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ७ वर्षदेखि दाह्री पालेकी महिला भन्छिन् : सामाजिक मूल्य तोड्न मलाई डर लाग्दैन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top