728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 9, 2014

    ट्वीटरमा आफ्नै नग्न तस्वीर देख्दा…

    आफ्नो नग्न तस्वीर ट्वीटरको एकाउण्टमा देख्दा जोकोही पनि आत्तिन्छ । तेलेगु फिल्मकी अभिनेत्री अञ्जली द्विवेदी पनि आफ्नो नग्न तस्वीर सामाजिक सञ्जाल ट्वीटरमा देख्दा निकै आत्तिईन् ।
     कोही एक प्रयोगकर्ताले उनको तस्वीर फेक एकाउण्ट बनाएर हालिदिएपछि उनी अहिले प्रहरीको शरणमा पुगेकी छन् ।

    तेलेगु फिल्मकी प्रख्यात यी अभिनेत्री गत महिना मध्यप्रदेशबाट मुम्बई सरेकी थिईन् । उनी हिन्दी फिल्ममा काम खोज्नका लागि मुम्बई आएकी हुन् । अञ्जलीले आफ्नो नग्न तस्वीर ट्वीटरमा हाल्ने विरुद्ध मलवानी पुलिस स्टेशनमा निवेदन दर्ता गराएकी छन् ।
     प्रहरीका अनुसार अञ्जलीले मध्य प्रदेशको रिवा जिल्लाका आफ्नो साथीको सम्पर्कमा रहनका लागि ट्वीटर एकाउण्ट बनाएकी थिईन् । अञ्जलीको साथीले उनलाई फोन गरेर ट्वीटरमा नग्न फोटो राखेको भनेपछि उनले उक्त फोटो हेरेर प्रहरीमा निवेदन दिएकी हुन् ।

    अञ्जलीले प्रहरीलाई उक्त एकाउण्ट बन्द गरेर दोषीलाई पत्ता लगाउन आग्रह गरेकी छन् । प्रहरीले नायिकाको निवेदन दर्ता गर्दै साइबर क्राइम विभागको मद्धत लिएर दोषीको खोजी गरिरहेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ट्वीटरमा आफ्नै नग्न तस्वीर देख्दा… Rating: 5 Reviewed By: Unknown
    Scroll to Top