728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 14, 2014

    ड्रुक अमिताभा माउन्टेन (सेतो गुम्बा) मा प्रवेश गर्न रोक

    ड्रुक अमिताभा माउन्टेन (सेतो गुम्बा) मा प्रवेश गर्न रोक

    काठमण्डौ, रामकोट-८, डाँडा गाउँमा अबस्थित ड्रुक अमिताभा माउन्टेन (सेतो गुम्बा) मा शनिबारको दिनमा दर्शनार्थी र सर्वसाधारणहरुको अधिक भिडको कारणले गर्दा त्यस गुम्बामा दैनिक रुपमा गरिने नियमित पुजा पाठ, मोलम, ध्यान लगायत आनीहरुको (भिक्षुणी) अध्ययन,



    अध्यापन र प्रशिक्षण कार्यहरुमा समेत कठिनाई उत्पन्न भएको हुदाँ र त्यस गुम्बा परिसर भित्र भएको भौतिक संरचनाहरुको समेत उचित स्याहार, संरक्षण र व्यवस्थापन गर्न असहज भएको कारण जनाउदै, गुम्बाले विगत स्थापना काल देखी नै प्रत्येक महिनाको हरेक शनिवारको दिनमा मात्र सर्वसाधारणहरुको लागि गुम्बा परिसर भित्र प्रवेश गर्न दिएकोमा

    यहि मिति २०७१ साल भाद्र १ गते देखि प्रवेश गर्न दिने दिन रोक लगाई यस गुम्बमा अब उप्रान्त महिनाको हेरक आईतबारको दिनमा मात्र बिहान १० बजे देखी बेलुका ४ बजे सम्म सम्पुर्ण सर्वसाधारणहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको गुम्बा व्यवस्थापन समितिले एक प्रेस वि1प्ति जारी गरी जनाएको छ।  यस गुम्बा मा ३५० जना भन्दा बढि आनीहरु (भिक्षुणी)  रहेको छ । यस गुम्बामा डुक्पा कर्ग्यु सम्बन्धि अध्ययन, अध्यापन गराईन्छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ड्रुक अमिताभा माउन्टेन (सेतो गुम्बा) मा प्रवेश गर्न रोक Rating: 5 Reviewed By: Unknown
    Scroll to Top