728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 14, 2014

    नेपालद्धारा सिंगापुरसामु १ सय ४४ रनको लक्ष्य प्रस्तुत


    काठमाडौं, श्रावण ३० । एसीसी यु–१६ प्रिमियर क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा अहिले नेपालले सिंगापुरको सामना गरिरहेको छ । मलेसियाको किन्रारा ओभल मैदानमा आज बिहान टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले १ सय ४४ रनको लक्ष्य दिएको छ । निर्धारित ४० ओभरमा नेपालले ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको हो । नेपालका कप्तान सुमित महर्जनले ४१ रन बनाएका हुन् भने प्रनित थापाले ३२ रन जोडे । बलिङतर्फ सिंगापुरका ए उछिलले तीन विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा हिजो थाइल्याण्डलाई १० विकेटले हराएको थियो । प्रतियोगितामा नेपालसँगै थाइल्याण्ड, सिंगापुर, मलेसिया, बहराइन र ओमान सहभागी छन्
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपालद्धारा सिंगापुरसामु १ सय ४४ रनको लक्ष्य प्रस्तुत Rating: 5 Reviewed By: Unknown
    Scroll to Top