728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 14, 2014

    कांग्रेसका नेता निरस, माओवादी मायालुः जितु नेपाल

    दुई दशक पुरा भयो कलाकार जीतु नेपाल स्टेजबाट गाईजात्रा देखाउन थालेको । हरेक वर्षजसो उनले नेताहरुको उछित्तो काढदैनन् मात्रै, केही सुझाब पनि दिन्छन् । सुरुसुरुमा त उनलाई लागेको थियो, यति धेरै ब्याङ्ग्य गरेपछि नेताहरु पनि सुध्रन्छन् होला । अचेल त्यस्तो आशा गर्न छाडिसकेका छन् उनले । नेपाली नेताहरुले लाज पचाइसकेको अनुभव गरेका जितुसँग अनलाइनखबरले गरेको जाइजात्रा सम्बाद-
    यसपालिको गाईजात्रा कति फरक छ ?

    पोहोरसाल दर्शकलाई हसाँउदै हामी पनि हाँसेका थियौ । तर, यसपाली रोएर कार्यक्रम गर्नु पर्‍यो । हाम्रो कार्यक्रम सुरु भएकै दिन अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएकाले पहिलो र दोस्रो दिन स्टेज पछाडी गएर आँशु पुछ्दै कार्यक्रम गर्‍यौं ।

    रोएर गरेको कार्यक्रमवाट दर्शक खुसी भए त ?

    हाम्रा नायकको निधन भएको वारेमा कार्यक्रम हेर्न आउनुहुने दर्शक पनि जानकार हुनुहुन्थ्यो । उहाँहरुको पनि सम्मान गरेर ‘मर्ने कसैलाई रहर हुँदैन…बोलको गीतवाट कार्यक्रम सुरु गर्‍यौं । दर्शकहरुले नरमाईलो मानेरै भएपनि मनोरञ्जन लिनु भयो ।

    यसपाली त तपाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा केन्दि्रत हुनु भएछ । के नेपाली नेताहरु बिक्न छाडेका हुन् ?

    गाईजात्रा कार्यक्रम गर्ने पक्का भएपछि मैले नेपाली नेताहरुकै विषयमा एउटा स्त्रिmप्ट बनाएर राजाराम दाईलाई दिएँ र साँस्कृतिक कार्यक्रमका लागि अष्ट्रेलया गएँ । फर्केर आउने क्रममा प्लेनमा यसो फेसबुक खोलेका एकजनाले मोदीको पुरै भाषण राखिदिनु भएको रहेछ । त्यो हेरेपछि मोदीकै विषयमा कार्यक्रम बनाउन मन लाग्यो र त्यहि कार्यक्रम पास भयो । नेपाली नेताहरुको भाउ कम भएपनि हाम्रो क्षेत्रमा घटेको छैन ।

    अहिलेसम्म कुन-कुन नेताको क्यारिकेचर गर्नु भयो ?

    गर्न त धेरैको गरें । काग्रेस नेता शेरबहादुर देउवाको सजिलो लाग्छ ।

    देउवाकै अगाडी चाँही गर्नु भएको छ कि छैन ?

    गरेको छु । उहाँले आफ्नो क्यारीकेचर हेर्नु पनि भएको छ । एउटा कार्यक्रममा उहाँवाटै सम्मान पनि थापें तर, वास्तै गर्नुभएन । साह्रै बिरसिला रहेछन् । देउवा मात्रै होईन । गगन थापा र अर्जुन नरसिंह केसी बाहेक कांग्रेसका सबै नेता बिरसिला । जहाँ भेट्दा पनि फुस्स फुलेर बस्छन् । नबोले पनि हुन्थ्यो जस्तो गर्छन ।

    रसिला नेता चाँही को को हुन् त नेपालमा ?

    जे-जे भने पनि नेपाली कला र कलाकारलाई सम्मान गर्ने त डा. बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्ड नै हुन् । एक नम्बर माया गर्ने माओवादीकै नेताहरु हुन् । माओवादीका अरु नेताहरु पनि हामीलाई माया गर्छन् । एमाले नेताहरु चाँही दुई नम्बरमा पर्छन् ।

    अहिलेका दर्शकलाई हँसाउन कत्तिको गाह्रो छ ?

    धेरै गाह्रो हुँदै गएको छ । पहिला त जे भने पनि पेट मिचीमिची हाँस्थे । अहिले हामी भन्दा धेरै बाठा भए । अब जस्तो तस्तो विषयमा ब्यङग्य गरेर हँसाउन सकिदैन । समाज बद्लिएसँगै मान्छेहरुको चाहना पनि बद्लिएको छ ।

    तपाईहरुका विषयमा एउटा गुनासो आउने गर्छ नि प्रायः ब्याङ्ग्यको विषय महिला र राजनीतिज्ञलाई बनाउनु भयो भनेर ?

    महिलालाई ब्यङ्ग्यको पात्र बनाउनेहरु पनि छन् । तर, मैले आजसम्म कुनै पनि महिलालाई ब्यङ्ग्य गरेको छैन् । महिलाहरु ब्यङ्ग्यका विषय होईनन् उनीहरुलाई सम्मान गर्नुपर्छ भन्नेमा म सचेत छु । नेताहरुको वारेमा त ब्यङ्ग्य नगरी सुखै छैन । देश बनाउने जिम्मा पाएकाहरुले देश बिगार्ने काम गरेपनि ब्यङ्ग्य नगरी भयो र ?

    यतिधेरै प्रहार गरेपछि त नेताहरु पनि सुध्रन्छन् होला नि ?

    खै मलाई त त्यस्तो लाग्दैन । हाम्रा नेताहरु लाचार भैसके । जति ब्यङग्य गरेपनि जस्ताको तस्तै ।
    तपाईहरु नै भन्नुहुन्छ । हाम्रो मुलुकमा सधै गाईजात्रा छ भनेर । सधै गाईजात्रा हुने देशमा किन गरिहन पर्‍यो अर्को गाईजात्रा ?

    सधै गाईजात्रा गर्ने हाम्रा नेताहरुले हो । उहाँहरुले वर्षभरि गरेपछि हामीले पनि त केही दिन गाईजात्रा गर्ने अवसर पाउनु पर्‍यो नि । मुख्य कुरा, नेताले गरेको गाईजात्रा हेरेर जनता दुःखी छन् । हाम्रो गाईजात्रा हेरेर खुसी छन् । त्यस कारण पनि हामी वर्षमा एकपटक आउँछौं ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कांग्रेसका नेता निरस, माओवादी मायालुः जितु नेपाल Rating: 5 Reviewed By: Unknown
    Scroll to Top