728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 9, 2014

    स्वदेशमा डिभोर्स गरेर विदेशमा बिहे गर्नेको लर्को

    मलेसिया, साउन २४ -

     कबीरमान तामाङ, वैदेशिक रोजागारीका लागि मलेसिया आएको ५ वर्ष भयो । काठमाडौंमा विवाह गरेर सन्तान सुख पाइसकेका तामाङकी श्रीमती एक वर्षअघि अर्केसँग हिँडिन् ।
     सिन्धुपाल्चोकमा सन्तान हुर्काएर बसिरहेकी प्रमा लामाका श्रीमानले काठमाडौंमा बस्दा कान्छी ल्याए । त्यसपछि लामा वैदेशिक रोजगारीका लागि परदेश हानिनुभयो ।
    कविरमान र प्रमा 

    श्रीमतीबाट धोका पाएका तामाङ र श्रीमानबाट धोका पाएकी लामाले मलेसियामा नयाँ जीवन सुरु गर्नुभयो । उहाँहरु दुवै अहिले आफ्नो पुरानो सम्बन्धलाई भुल्दै गत हप्ता मलेसियामा हिन्दु परम्परा अनुसार विवाह गर्नुभयो । भर्खरै विवाह बन्धनमा बाँधिएकाले भविश्यको खासै योजना बनाइ नसकेपनि एक अर्काको दुख सुख साटेर जीवनभर सँगै जिउने उहाँहरु बताउनुहुन्छ ।
     साथीको सहयोगमा नयाँ जीवन



      तामाङ र लामा मलेसियाको पोर्ट केलाङका दुई छुट्टा छुट्टै कम्पनीमा काम गर्नुहुन्छ । तामाङले काम गर्ने कम्पनी लामा बस्ने होस्टलको नजिकै छ । लामाको होस्टल नजिकै तामाङका साथीहरु पनि बस्छन् । तामाङका साथी दीपक सिंहको लामासँग परिचय भयो ।  तामाङको विगतको दुःख बुझेका सिंहले लामाको पीडा पनि बुझ्नु भयो । त्यसपछि लामाको बारेमा सिंहले लामालाई सबै जानकारी दिनुभयो । दुवैको विगत एउटै भएकाले आफूहरुले भेट्ने निर्णय गरेको लामा बताउनुहुन्छ । सिंहले नै दुईबीच भेटघाटको व्यवस्था मिलाई दिनुभयो । दुवैले  पहिलो भेटमा नै एक अर्कालाई मन पराएपछि विवाह संभव भयो ।

     धोकाको विगत
    रोजगारीका लागि जन्मथलो खोटाङ छाडेर काठमाडौं छिरेका तामाङले काठमाडौंमै विवाह गर्नुभयो । काठमाडौंमा सोचे अनुसार आम्दानी गर्न नसकेपछि काखे छोरा र श्रीमतीलाई छाडेर उहाँ वैदेशिक रोजगारीका लागि ५ वर्षअघि मलेसिया आउनु भयो । मलेसिया आएको साढे २ वर्षसम्म श्रीमतीसँग राम्रै सम्बन्ध थियो । तामाङले मलेसियामा दुःख गरेर आर्जेको पैसा नियमित रुपमा काठमाडौंमा रहेकी श्रीमतीलाई पठाइ रहनु भएको थियो । दुवै खुसी थिए । ‘तन टाढा भएपनि हाम्रो मन सँगै थियो ।’ तामाङ भन्नुहुन्छ ‘हामी दुवैको एक मात्र उद्देश्य थियो छोरोलाई राम्रो शिक्षा दिने ।’
    तर तामाङ मलेसिया आएको साढे २ वर्षपछि उहाँहरुको उद्देश्य परिवर्तन भयो । मलेसियामा रहेका तामाङले आफन्तबाट श्रीमतीको नराम्रा बानी व्यहोरका कुराहरु सुन्न थाल्नुभयो । त्यसबारेमा सोधखोज गर्दा मलेसिमा रहेका श्रीमान र काठमाडौंमा रहेकी श्रीमतीबिच विवाद सुरु हुन थाल्यो । ‘साथी भाइले श्रीमतीको नराम्रो कुरा सुनाउन थालेपछि म काठमाडौं पुगें’ विगत सम्झँदै तामाङ भन्नुहुन्छ ‘तर म काठमाडौं जाँदा श्रीमतीलाई भेटिँन, छोरा आमाकोमा छोडेर उ अर्कैसँग हिँडिसकिछ ।’ श्रीमतीको एक यूवासँग सम्बन्ध रहेका र उसैसँग बस्न थालेको सुनेपछि मन खिन्न बनाउँदै उहाँ मलेसिया फर्किएका उहाँ विगत भुलाउँदै हुनुहुन्थ्यो ।
     बसे पाटो छ गए बाटो

    तामाङसँग विवाह बन्धनमा बाँधिएकी लामाले पाएको धोका पनि तामाङको भन्दा फरक छैन । सिन्धुपाल्चोकमा जन्मिएकी लामाको त्यहीका एक युवासँग विवाह भएको थियो । श्रीमान काठमाडौंमा रोजगारी गर्थे । सुरुका ३ वर्ष घर काठमाडौं गरिरहने श्रीमान पछि घर फर्कनै छाडे । बुझ्दै जाँदा उनले काठमाडौंमा कान्छी ल्याएका रहेछन् । ‘श्रीमानले सौता ल्याएको  खबर सुनेपछि म त अकमक्क परे, हातगोडाआफै ललाक लुलुक भए’ विगत सम्झँदै लामाले भन्नुभयो । कर्म नै यस्तै रहेछ के गर्ने सौता खेप्नु पर्यो भनेर मन बुझाउँदै  घर सम्हालेर बसिरहेकी लामालाई पछि श्रीमानले अंश दिएर छुट्टै राखे । त्यसबीचमा कान्छी ओमान गई । त्यो बेला श्रीमान आफूसँगै फर्केपनि ओमानबाट सौता फर्केपछि उहाँले श्रीमानको नाक मुख नै देख्न छाड्नुभयो । अंंशमा पाएको गाउँको पाखो बारीले २ छोरीको पढाई लेखाईको भरथेग भएन । सहयोग माग्न जाँदा श्रीमानले ‘बसे पाटो छ गए बाटो छ’ भने गरेको लामा बताउनुहुन्छ ।
     त्यसपछि बहिनीहरुको सहयोगमा काठमाडौं आएकी लामाले चिया पसल गरेर जीवन धान्ने प्रयास गर्नुभयो । तर सोचे अनुसार कमाई नभएपछि कुवेत हानिनुभयो । २ वर्षपछि कुवेतबाट फर्किएर केही समय काठमाडौंमा बसेकी उहाँ ३ महिना अघि फेरि मलेसिया पुग्नुभएको हो ।  जहाँ उहाँले नयाँ जीवन साथी पाउनु भयो ।
     भविष्यको योजना सन्तान खुसी राख्ने
     लामा र तामाङ भर्खरै विवाह बन्धनमा बाँधिएका भएपनि दुवै जनासँग सन्तान छन् । त्यसैले आफूहरुले अब आफ्ना सन्तानलाई सँगै राख्ने लामा बताउनुहुन्छ । तामाङका छोरा काठमाडौंको होस्टलमा र लामाका २ छोरी बहिनीको घरमा बसेर पढिरहेका छन् । उनीहरुको पढाई नै आफूहरुको प्राथमिकता रहेको बताउने तामाङ मलेसियामा दुवैले कमाएको रकम जम्मा गरेर पछि स्वदेश फर्कने र केही व्यवसाय गरेर बस्ने योजनामा रहेको बताउनुहुन्छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: स्वदेशमा डिभोर्स गरेर विदेशमा बिहे गर्नेको लर्को Rating: 5 Reviewed By: Unknown
    Scroll to Top