728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 9, 2014

    'पर्सनल इन्ट्रेस्ट'मा मारिए चरी : खुस्बु ओली बिशेष अन्तर्वार्ता (अडियो सहित)

    गुन्डा नाइके दिनेश अधिकारी चरीको मृत्यु कसरी भयो? राज्य भन्छ- प्रहरी 'इन्काउन्टर'मा मारिए। एमालेका केही नेताहरुले यसलाई राज्यको षड्यन्त्र भनिरहेका छन्। सन् २००६ की मिसटिन तथा चरी प्रेमिका खुस्बु ओलीको दाबी भने बेग्लै छ। भन्छिन्- केही व्यक्तिले मसँग प्रतिशोध साँध्न उनको हत्या गराएका हुन्। नागरिकन्युजका लागि केपी ढुंगाना, कृष्ण ढुंगाना र प्रशान्त लामिछानेले खुस्बुसँग लिएको अन्तर्वार्ताः

    तपाईं मिस टिन भइसकेको मान्छे, गुन्डा नाइके दिनेश चरी जस्तो बद्‌नाम व्यक्तिसँग कसरी सम्पर्क भयो?
    मिस टिन हुँदैमा उहाँसँग सम्पर्क नगर्ने भन्ने भएन। मैले उहाँलाई हेर्ने दृष्टिकोण अरुले हेर्नेभन्दा फरक छ। विशालनगरमा म बालबालिकाहरुको पुनर्स्थापनासम्बन्धी काम गर्ने एउटा एनजिओ चलाउँछु। एउटा बच्चा राख्ने सिलसिलामा उहाँसँग मेरो चिनजान भएको हो। उहाँमा पनि समाजसेवा गर्ने इच्छा थियो। उहाँले पनि मेरो संस्थालाई सहयोग गर्नुभयो। संस्थाको हरेक कर्यक्रममा आउनुहुन्थ्यो, सहयोग गर्नु हुन्थ्यो। त्यसै क्रममा उहाँसँग चिनजान भयो।

    तपाईंहरुबीचको सम्बन्ध त्यति मात्र हो?
    यो हाम्रो नितान्त पारिवारिक सम्बन्ध हो। मलाई पनि उहाँ राम्रो लाग्यो, मेरो ड्याडीलाई पनि उहाँ राम्रो लाग्यो। अझै मन पर्छ। मलाई पनि उहाँको स्वभाव मन पर्योे। यसपछि हाम्रो निकटता भयो।

    तपाईंहरु बिहे गर्दै हुनुहुन्थ्यो रे, इन्गेजमेन्ट भइसकेको थियो ?
    भएको होइन हुनेवाला थियो। इन्गेजमेन्ट गर्ने भनेको बेला परिवारमा जुठो परेकोले हुन सकेन, यो दशैँमा गर्दै थियौं। कुरा छिनिएको हो। हाम्रो दुवै परिवार बसेर कुरा छिनिएको थियो।

    दिनेश अधिकारीभन्दा अगाडि तपाईं अर्पण कोइरालासँग लिभ इन रिलेसनसिपमा हुनुहुन्थ्यो। खास कुरा के हो?
    लिभिङ रिलेसनसिप होइन। अब के भन्ने उसको घर यहीँ बुढानीलकण्ठमा हो। म मेरो ड्याडीममीसँग बस्छु। ऊ आफ्नो घर बस्नै सक्दैन्थ्यो। मेरो घरमा ६ बर्षसम्म बस्यो। ऊ आफ्नो घरमा एडजस्ट हुन सक्दैनथ्यो। यसलाई कसरी लिभिङ रिलेसन भन्ने, यो त फेमली रिलेसन हो। लिभिङ रिलेसन भनेको त दुई जनाको अन्डरस्ट्यान्डिङमा एउटै घरमा बस्ने भन्ने हो। हो, त्यो समयमा केही भएको भए हुन सक्थ्यो होला।

    अर्पण र म पनि साथी थियौं। ६–७ वर्ष हामी साथी रह्यौं। उहाँलाई मैले ड्रग्सबाट बाहिर निकालेको हो। पछिल्लो २ वर्षमा फेरि उहाँ बिग्रिनु भयो। हाम्रो सम्बन्ध बिग्रियो। यहाँ खुश्वुले दिनेशसँग सम्बन्ध राखेर उसलाई छाडेको हो भन्ने कुरा पनि आयो। दिनेशसँगको सम्बन्ध मेरो डेढ वर्ष भयो। अर्पणसँग दुई वर्ष अगाडि नै सम्बन्ध तोडिइसकेको थियो।

    अर्पणले नै दिनेश र तपाईंको चिनजान गराइदिएको हैन? प्रतिशोध लिन अहिले उसमाथि आरोप लगाएको भन्ने सुनिन्छ नि?
    ठ्याक्कै उसैमार्फत् नै त नभनौं। अर्पणले मसँग आफ्नो पासपोर्ट लिन दिनेशलाई पठाएको थियो। दिनेशले भनेपछि यसले मान्छे भनेर उसलाई लिन पठाएको हो। त्यही क्रममा ऊसँग मेरो चिनजान भएको हो।

    कसैको जीवनभन्दा प्रतिशोध महत्त्वपूर्ण हुँदैन। कसैको जीवन गइसकेको छ। दिनेशसँग त्यस्तो सम्बन्ध राख्ने भएको भए म सार्वजनिक रुपमा आउने नै थिइनँ। यो न्याय भएन भनेर म तपाईंहरुलाई अन्तर्वार्ता दिन राजी भएकी हुँ। न्यायका लागि यो बोल्नैपर्छ। सर्टटर्म रिलेसन राख्ने भएको भए अर्पणलाई उहिल्यै पुलिसकहाँ हालिवरी रिल्याक्सले बसिसक्थेँ।

    तपाईंसँगको सम्बन्धपछि अर्पण कोइराला करोडपतिबाट रोडपति भएको त साँचो हो नि होइन?
    त्यस्तो होइन। त्यसका लागि त म प्रमाण नै दिन्छु। मैले बिगारेँ भनेर भन्ने हो भने त उसको आमाबुबालाई नै सोध्न सक्नुहुन्छ। म अक्सफोर्ड युनिर्भसिटी ग्राजुएट हुँ। घर जग्गा बेचेको डेढ करोड रुपैयाँले मैले लन्डनमा पढेकी हुँ। मैले पढेको विषयलाई उसले मिस युज गरेको छ। अर्पण बिग्रेको भनेको २०१२ को मध्यतिरबाट हो। म त्यो समयमा लन्डनमै थिएँ। जब म यहाँ थिइन, ऊ यहाँ बिग्रिएछ। म लन्डनबाट नेपाल फर्किंदा ऊ समाप्त भएर भागेर भारत गइसकेको थियो। पछि उसको फेमली गएर लिएर आएका हुन्। मेरो प्रश्न छ- अर्पण किन भाग्नु पर्योस? म किन नेपालमा संस्था चलाएर बसिरहेको छु?

    त्यो संस्था त अर्पणको ड्रिम प्रोजेक्ट हो नि हैन?
    अर्पणलाई ड्रिम देखाएकै मैले हो। मान्छे ड्रग्सबाट निस्कन सक्छ, काम गर्न सक्छ, आफ्नो परिचय बनाउन सक्छ भन्ने बनाएको नै मैले हो। उसले राम्रो गरोस् भनेर नै संस्थाको अध्यक्ष मैले उसलाई बनाएको हो। उसको ड्रिम प्रोजेक्ट हुन्थ्यो भने त मैलेबीचमा संस्था छोडी दिएको थिए। तर ऊ एक हप्ता पनि चलाउन नसकेर इन्डिया भाग्यो।

    अपराधमा संलग्न मान्छेसँग तपाईंको रिलेसन... ?
    कुनै पनि मान्छे सधैँ एउटै हुँदैन। विश्वका स्थापित टपटेन मान्छेहरुलाई हेर्नुस्, उनीहरु पहिले अपराधी थिए तर आज उनीहरु सबैभन्दा स्थापित मान्छेहरु छन्। गुगल गरेर हेर्नुस्। त्यस्तो लिष्ट त कति छ कति। मैले दिनेशलाई पनि पहिलो भेटमा यही कुरा पढ्न दिएकी थिएँ। ऊ अपराधको दुनियाँबाट निस्किसकेर आफ्नो लाइनमा आइसकेको थियो। अब इतिहास हेर्ने हो भने त वाल्मीकि पनि रत्नाकर डाँकु थिए। उसलाई सधैँ रत्नाकर भन्ने त? मान्छेलाई परिवर्तन हुन त दिनु पर्यो नि? दिनेशलाई डन बनाएको पुलिसले हो भन्छु म। मान्छेलाई चेन्ज हुन नदिने? राधेको केसमा पनि दिनेशलाई फसाइयो।

    भनेपछि दिनेश अधिकारी सुध्रिने क्रममा थिए ?

    'डेफिनेट्ली'। उहाँ मसँग भेट्ने क्रममा नै अपराधबाट बाहिर आइसक्नु भएको थियो। प्रहरी रेकर्ड हेर्नुस्, ऊ कुन समयदेखि जेल गएको छैन। ऊ अपराधमा संलग्न भएको पाइए म जे पनि गर्नसक्छु। मीनकृष्णको केसमा कुमोद ढुंगेलले नाम राखेको हो। त्यो पछि प्रमाणित भएन र दिनेशको नाम मिसिलबाट हटाइयो।

    अधिकारीको आपराधिक क्रियाकलापमा तपाईंको पनि संलग्नता छ भनिन्छ नि?
    मैले पनि यस्तो आरोप सुनेँ। यो अत्यन्तै गलत हो। मलाई कसैको पैसा चाहिँदैन मेरै बुबाको पैसाले पुग्छ। मलाई किन चाहियो पैसा? मलाई पुग्ने पैसा मेरो परिवारले दिइरहनु भएको छ। व्यापारीहरुसँग पैसा माग्न मेरो संलग्नता छैन।

    तपाईंले दिनेश अधिकारीसँग पछिल्लोपटक कुन मितिमा सम्पर्क गर्नुभयो?
    अघिल्लो दिनसम्म म दिनेशसँग सम्पर्कमा थिएँ। अदालत जाने हाम्रो सल्लाह भएरै उहाँ बाहिरबाट नेपाल आउनु भएको हो। उहाँसँग म बिहान पनि सम्पर्कमा थिएँ। बिहान म कपाल काट्दै छु भन्नुभयो। हरेक कुराकानी मसँग छ। हाम्रो अन्तिम कुराकानी लगभग ९:०० बजेतिर भाइबरमा भयो। त्यसपछि १२ बजेतिर उहाँले भाइबरमा आफ्नो प्रोफाइल पिक्चर चेन्ज गर्नुभयो। उहाँ अदालत जान पूरा तयारीमा हुनुहुन्थ्यो। मसँग जहिले पनि कुराकानी हुँदा पुलिसले मलाई त्यहाँसम्म पुग्न दिँदैन होला भनिरहनुहुन्थ्यो।

    तपाईले अर्पण र कुमोदको षड्यन्त्रमा दिनेश मारिएको भनेर सार्वजनिक रुपमा भनिरहनुभएको छ। कुमोदसँग तपाईंको के रिसइबी हो?
    कुमोद दरबारमार्गमा इन्स्पेक्टर हुँदा मेरो चिनजान भएको हो। अपराधमा आएका बच्चाहरुलाई उहाँले मेरो संस्थामा पठाउनुहुन्थ्यो। त्यति मात्रै हो चिनजानको कारण। अर्पणसँगको झगडाबारे उहाँलाई पनि थाहा थियो। पछि मलाई के लाग्छ भने 'यसको अर्पणसँग यसको भएन, अर्पणलाई यसले मन पराइन। मैले ट्राइ गरौं, मेरो चान्स लाग्छ कि' भन्ने मेन्टालिटी उहाँको थियो। जुन दिनदेखि मेरो फेमलीले दिनेशलाई स्वीकार्योा, त्यो दिनदेखि कुमोदलाई प्रोब्लम भएको हो। प्रहरीले जे सुकै भनोस्। यो घटना कुमोद र अर्पणको कारणले भएको हो।

    तपाईंसँग कुनै तथ्य पनि छ कि भावुक भएर भन्नु भएको हो?
    मसँग अर्पणका तीनवटा मेसेज छन्। त्यहाँ स्पष्ट लेखिएको छ- तेरो इन्गेजमेन्ट धन्न क्यान्सिल भएछ नभए तैंले सेतो लुगा लगाउनु पर्थ्यो। उनीहरुले दिनेश अधिकारीलाई मार्दिन्छु भनेर मलाई प्रत्यक्ष भनेका हुन्। अर्को प्रमाण के हो भने मैले अर्पण कोइरालाविरुद्वमा ललितपुर प्रहरीमा उजुरी हालेको थिएँ।

    दिनेशजीले त यस्तो कुरालाई हल्का लिनुहुन्थ्यो। मलाई अत्यन्तै टर्चर भएपछि ललितपुर प्रहरीमा उजुरी गरेँ। प्रहरीले 'उसलाई थुनिदिउँ' भनेको थियो। मैले उसको पनि परिवार छ, पहिल्यैदेखि चिनेजानेको मान्छे हो। एउटा पारिवारिक हिसाबमा बसेको मान्छे भनेर कागज गराएर छोडेँ। पुलिसकै अगाडि उसले दसपटक भन्यो- 'दिनेशलाई यसरी मार्छु तैँले हेर्लास्।'

    मेरो इन्गेजमेन्ट दिनेशसँग हुने थाहा पाएपछि कुमोदजीले भनेका थिए, 'ल ठिक छ तिमीले चरीलाई ज्वाईं बनाउने भयौ, तर हेर म त्यसलाई मारेरै छोड्छु।' उहाँकै शब्दमा भन्दा '२५ ग्राम धुलो हाल्दिन्छु' भन्नुभयो। यसको कुनै रेकर्डचाहिँ छैन।

    घटनाको पूरै केन्द्रमा त तपाईं देखिनु भयो नि?
    दुनियाँमा केटी मान्छेका कारणले धेरै ठूला युद्ध भएका छन्। दुर्भाग्य यहाँ त्यस्तै भयो। यहाँ कस्ता-कस्ता डनहरु छन् तर उसैलाई इन्काउन्टर गर्नु पर्ने के थियो? एउटा खुकुरी प्रहारको केसमा भागेको मान्छेलाई इन्काउन्टर नै गर्नुपर्ने त थिएन नि।

    गृहमन्त्रीले नै मुठभेडमा मारिएको भनिसक्नु भएको छ ?
    हामी हरेक कुरा स्वीकार्छौं तर गैरकानुनी रुपमा होइन। म गृहमन्त्रीको स्टेटमेन्टप्रति असन्तुष्ट छु। प्रहरीले कसैलाई नसक्ने भयो भने कतै लगेर हत्या गर्दिने? गृहमन्त्रीले जति हल्का लिनु भएको छ त्यति हल्का हैन यो घटना।

    दिनेशको पार्टी पनि एमाले, गृहमन्त्री पनि एमालेकै। हामीले कसरी नपत्याउने?
    हो, उहाँ एमालेकै गृहमन्त्री हुनुहुन्छ तर पार्टी कार्यकर्ताको माग हेर्नुहोस्। उनीहरु गृहमन्त्रीको स्टेटमेन्टलाई च्यालेन्ज गरिरहेका छन्। गृहमन्त्रीले त प्रहरीले विवरण दियो, त्यही सुनाउनुभयो। उहाँका सबै जस्टिफिकेसन हामीले मान्नु पर्छ भन्ने छैन। त्यो मान्छे गुन्डा मात्र भएको यति मान्छेहरु आउँदैनथे होला नि।

    प्रहरीले घुँडामुनि हानेन, चेष्ट मै हान्यो। फलो गर्यो भन्छ प्रहरीले रोक्न सक्दैन त एउटा बाइकलाई? उहाँलाई त्यहाँ धादिङनजिकै पुर्‍याएर सुट गर्नुपर्छ त? उहाँले फायर गर्दा एकजना पनि प्रहरी किन घाइते भएन त? उहाँले ८ राउन्ड फायर गर्नुभयो रे। पुलिसले गर्दा ८ को ८ लाग्ने एउटा पनि कतै केही नहुने तर दिनेशले गर्दा कसैलाई केही नहुने? यो त 'फेक इन्काउन्टर' हो।मसँग प्रतिशोध साँध्न उनको हत्या गराएका हुन्। नागरिकन्युजका लागि केपी ढुंगाना, कृष्ण ढुंगाना र प्रशान्त लामिछानेले खुस्बुसँग लिएको अन्तर्वार्ताः

    प्रहरीले घुँडामुनि हानेन, चेष्ट मै हान्यो। फलो गर्यो भन्छ प्रहरीले रोक्न सक्दैन त एउटा बाइकलाई? उहाँलाई त्यहाँ धादिङनजिकै पुर्‍याएर सुट गर्नुपर्छ त? उहाँले फायर गर्दा एकजना पनि प्रहरी किन घाइते भएन त? उहाँले ८ राउन्ड फायर गर्नुभयो रे। पुलिसले गर्दा ८ को ८ लाग्ने एउटा पनि कतै केही नहुने तर दिनेशले गर्दा कसैलाई केही नहुने? यो त 'फेक इन्काउन्टर' हो।
    कुमोद यो अप्रेसनसँग सम्बन्धित निकायमा छैनन् त ?
    यो त म्यानुप्लेट भइहाल्छ नि। पुलिसले यत्रो मर्डरलाई इन्काउन्टर भन्न सक्छ भने कुमोद ढुंगेललाई त बिदामा थियो भन्दिनँ पनि सक्छ नि। कुमोद त्यो दिन त्यहाँ छँदैछैन भन्दिँदा पनि भयो। तर मलाई त थाहा छ नि कुमोदको प्रसनल्ली मसँग इगो छ। दिनेश अधिकारीसँग भन्दा पनि मसँग हो नि। किनभने मैले उहाँको प्रपोजल रिजेक्ट गरेँ। त्यो चेक गर्न पनि सक्नु हुन्छ फोन रेकर्ड कति-कति समयमा फोन आएको छ? कसले गरेको छ भनेर एक वर्षअघिको फोन रेकर्ड हेर्न सक्नु हुन्छ।

    एउटा प्रहरी इन्स्पेक्टरले क्राइम गरेकै हो भने उसको पक्षमा राज्य नै लाग्छ र? गृहमन्त्रीले पनि यसबारे आफ्नो धारणा दिइसकेका छन् ?
    हामीले गृहमन्त्रीको भनाईलाई एसेप्ट गरेका छैनौँ। त्यसलाई च्यालेन्ज गरेका छौँ। त्यसलाई मानेर बसेका छैनौँ। यो त लाजमार्दो कुरा हो। प्रहरीले एउटा पर्सनल इन्ट्रेस्टमा कसैलाई मार्छ भने त्यो त लाजमर्दो कुरा हो नि।
    तपाईंहरुको अबको कदम के हुन्छ ?
    कस्ता-कस्ता अपराधीलाई त प्रहरीले केही गरेको छैन भने दिनेश अधिकारीलाई किन इन्काउन्टर गर्नुपर्योु? सुट भएको ठाउँमा रगत छैन, गोली अगाडिबाट लागेको छ। शंकाको घेरमा रहेकालाई जाहेरी दिन्छौँ। नेपालमा मान्छे मार्ने कानुन नै छैन। भएन भने संयुक्त राष्ट्रसंघ पनि पुग्छौँ। नागरिकन्युज
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: 'पर्सनल इन्ट्रेस्ट'मा मारिए चरी : खुस्बु ओली बिशेष अन्तर्वार्ता (अडियो सहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top