728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 12, 2014

    एमआरपी पासपोर्ट बनाएर लिन नजानेलाई चेतावनी

    २७ साउन, काठमाडौं । सहज एवं छिटो तरिकाले राहदानी नपाइएको गुनासो आउने गरेका बेला एमआरपी पासपोर्ट बनाएर लिन नजानेहरुको संख्या बढेको छ । पासपोर्ट बनाएर मानिसहरु लिनै नआएपछि नारायणहिटीमा रहेको राहदानी विभाग समस्यामा फसेको छ ।

    परराष्ट्र मन्त्रालयअन्तरगत राहदानी विभागमा एमआरपी पासपोर्ट बनाउने तर, लिन नजानेहरुलाई विभागले यथाशिघ्र सम्पर्कमा आउन सार्वजनिक सूचना नै जारी गर्न बाध्य भएको छ । लिन नआएर कानूनअनुसार गर्ने विभागले चेतावनीसमेत दिएको छ ।


    ०६७ पुस १७ गतेदेखि लागू गरिएको मेसिन रिडेबल पासपोर्टका लागि निवेदन दिएर लिन नआएकाहरुलाई साउन मसान्तसम्ममा सम्पर्क गर्न विभागले भनेको छ ।दश हजार रुपैयाँ खर्चेर दू्रत सेवामार्फत राहदानीका लागि निवेदन दिनेहरु सम्पर्कमा नआएपछि विभागले साउन ३१ गतेसम्म सम्पर्कमा आएर राहदानी लैजान भनेको हो ।

    विभागले मंगलबार सूचना प्रकाशित गरेर नलगिएका राहदानी साउन ३१ गते विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म वितरण गरिने जनाउँदै राहदानी बाहकलाई सम्पर्कमा आउन भनेको छ ।साउन ३१ सम्ममा राहदानी लिन नआएमा कानुन अनुसार प्रक्रिया अघि बढाउने जनाउँदै विभागले आवश्यक प्रमाणसहित उपस्थित हुन भनेको छ । द्रूतसेवाको सदुपयोग गर्दै दोब्बर दस्तुर अर्थात १० हजार रुपैयाँ खर्चेर राहदानी विभाग नारायणहिटीमा निवेदन दिएकाहरु राहदानी लिन नआएपछि समस्या भएको हो ।

    सरकारले नियमित प्रक्रियाबाट राहदानी लिनेसँग ५ हजार दस्तुर लिने गरेको छ । नियमित प्रक्रियाबाट राहदानी लिँदा कम्तिमा ३ महिना कुर्नुपर्ने बाध्यता छ भने दोब्बर दस्तुर तिर्दा विभागले एक हप्तामा राहदानी दिने गरेको छ । अनलाइन खबर
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: एमआरपी पासपोर्ट बनाएर लिन नजानेलाई चेतावनी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top