728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 12, 2014

    राजेशका लागि करिश्माले गरिन् पति विनोदसँग सम्बन्ध विच्छेद....


    नेपाली चलचित्र क्षेत्रका नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर दुवै सुपर स्टार हुन् । दुवै जना वर्षौंदेखि चलचित्र क्षेत्रमा छन्,दुवै जनाले थुप्रै चलचित्रहरुमा सँगै अभिनय पनि गरेका छन् । कुनै समय यी दुवै नायक नायिका प्रेममा समेत रहेको चर्चा खूब चलेको थियो । 
    कतिसम्म भने करिश्माले राजेशकै लागि आफ्नो बसिसकेको घर पनि विगारेर छोड्न तयार भैसकेकी थिइन् । तर अहिले आएर फेरि हमाल र मानन्धरबीचको बढ्दो सम्बन्धले नेपाली चलचित्र क्षेत्र तातिन थालेको छ । गोप्य स्रोतका अनुसार करिश्मा मानन्धरले त आफ्नो पति विनोद मानन्धरसँग सम्बन्ध विच्छेद समेत गरिसकेकी छिन् । भर्खरै मात्र मधु भट्टराईसँग विवाह गरेका नायक हमालले पनि आफ्नो लागि करिश्मा नै ठिक भएको अनुभूति गरेर करिश्माले चाहे आफू तरुनी मोडल श्रीमति पनि त्याग्न तयार रहेको बताए पछि करिश्माले उक्त कदम चालेको समाचारमा उल्लेख छ । स्रोतका अनुसार पति विनोदसँग हिजो आइतवार सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दर्ता गराएपछि त्यसको जानकारी गराउँन करिश्मा हमालको लैनचौरस्थित निवास पुगेकी थिइन् ।
     आफूले हमालकै सल्लाह र प्रस्ताव अनुसार विनोदलाई सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराइसकिएको जानकारी दिदै करिश्माले आफूलाई कहिले घर भित्र्याउँने भनि सोधेकी थिईन् । करिश्माले निकै गम्भीरताका साथ त्यस्तो कुरा सुनाएपछि किचेनमा व्यस्त पत्नी मधुले सुन्ने डरले आत्तिएका हमालले आफूले त यसपालिको गाईजात्रामा रमाइलो र ठट्टका लागि मात्र विवाह गर्न राजी भएको भन्ने कुरा गरेको भनी करिश्मालाई भने । यता राजेशको जवाफले रिसाएर पड्किनुपर्ने करिश्माले पनि अझ मधुर मुस्कान छर्दै भनिन्–म पनि त्यति उल्लु कहाँ छु र राजेश जी ? अण्डर एसएलसी भएर के भो त अमेरिकासम्म भ्याएकी छु । तपाईले गाईजात्रे प्रस्ताव राख्नुभएकोले मैले पनि जनैपूर्णिमाको विदाको अवसरमा बन्द अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिएर आएकी हूँ । करिश्माको कुरा सुनेर राजेशको जुन् हालत भयो,त्यो चाहिं साँच्चिकै समाचार बन्न लायक रहेको सहयात्री गाईजात्रे सम्वाददाताले पठाएको समाचारमा उल्लेख छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: राजेशका लागि करिश्माले गरिन् पति विनोदसँग सम्बन्ध विच्छेद.... Rating: 5 Reviewed By: Unknown
    Scroll to Top