728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 14, 2014

    कर्णालीमा बाढी, राजापुर क्षेत्र डुबानमा

    बर्दिया, श्रावण ३० । कर्णाली नदीमा बाढी आएपछि राजापुर क्षेत्र डुबानमा परेको छ । बुधबारदेखि लगातार परेको पानीका कारण कर्णाली नदीमा पानीको सतह बढेर बर्दियाको राजापुर क्षेत्रका विभिन्न गाउँ डुबानमा परेका छन् ।

    बाढीले राजापुर नगरपालिकाका केही गाउँलगायात दैलतपुर पाताभार गाविसका मुर्गाैहा, छेदिया, प्रमेनगर, शंकरपुरबस्ती डुबानमा परेका हुन् । सरकारको महत्वाकांक्षी योजनाअन्तर्गत् पश्चिम नेपालको सिँचाइका लागि कर्णाली नदीमा कुलरिया सिंचाइ आयोजना निर्माणगरि कैलाली जिल्लातर्फ नदी तटमा बलियो तटबन्धन गरिएको र बर्दियातर्फ कुनै पनि तटबन्धन नगरिंदा सो क्षेत्र डुबानमा परेको हो ।

    सुरक्षाका लागि बोरामा बालुवाभरि अस्थायी तटबन्धन गरिएपनि भरपर्दाे नहुँदा बर्षेनी करोडौं रुपैयाँ बगेर जाने गरेको छ । गत वर्ष पनि सोही स्थानमा बाढी आएपछि सो क्षेत्रका हजारौं जनता विस्थापित भएका थिए ।

    उता, बर्दियाको बबई नदीमा बाढी आउँदा गुलरिया नगरपालिकाका विभिन्न स्थान र मोहम्मदपुर, नेउलापुर, शिवपुर, ठाकुरद्धारा गाविसलगायत बगनाहा गाविसको बर्गदा र फैलार गाउँ डुबानमा परेका छन् । - See 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कर्णालीमा बाढी, राजापुर क्षेत्र डुबानमा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top